adv

लिम्बु विद्यार्थी मञ्चकाे ९औं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा लक्सम

ताप्लेजुङ, १३ असाेज । 

ताप्लेजुङकाे फुङलिनमा असाेज १२ गते देखि जारी लिम्बु विद्यार्थी मञ्चकाे ९औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएकाे छ ।  दिपा लक्समकाे अध्यक्षतामा २७ सदस्यीय समिति निर्वाचित गर्दै महाधिवेशन सम्पन्न भएकाे हाे ।

अधिवेशनले वरिष्ठ उपाध्यमा नितेश सिंघक, उपाध्यक्षहरूमा विक्रम शेर्मा, रामकुमार लिङदम, राजेश इवाहाङ, दमन्ता साँवा र माेहन मावाे, महासचिवमा गुल्सन आङबुहाङ, उपमहासचिवमा प्रदिप नयाेङ र सागर सरगम चेम्जाेङ सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै गरि सचिवमा सेमि तुम्वापाे, तारावीर माेराेहाङ, प्रविण सेलिङ, डिल्ली लुङफ्ङवा रहेकाे छ भने काेषाध्यक्षमा मन कुमार याेङहाङ रहेका छन् ।

त्यस्तै सदस्यहरूमा सितकुमार थेगिम, जुनु लिम्बु (सृष्टि), सन्ताेशी लिङदेन, साेममाया लिम्बु, संजिव लिम्बु, स्मृती कन्दङवा, रेखा लावती, श्री लिङखिम, मेरिता लिम्बु, उपेन्द्र याक्साे, मनु लिम्बु र दिवस लावती सर्व सम्मत निर्वाचित भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष दिपा लक्समलार्इ अध्यक्ष मण्डलका अध्यक्ष किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष याम याेङहाङले सपथ ग्रहण गराएका थिए भने । समितिका अन्य पदाधिकारी तथा सदस्यहरूलाइ निर्वाचित अध्यक्ष दिपा लक्समले सपथ ग्रहण गराएका थिए ।

 

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु