ताप्लेजुङ, १४ असोज ।
लिम्बु विद्यार्थी मञ्चको नवौं राष्ट्रिय महाधिवेशनले ५ बुदे लिम्वुवान फुङलिङ ताप्लेजुङ घोषणा पत्र जारी र्गदै महाधिवेशन सम्पन्न गरेको छ । आज मंगलबार ताप्लेजुङको फुङलिङमा पत्रकार सम्मेलन गर्दै घोषणा पत्र सावर्जनिग गरेको हो ।

दिपा लक्समको अध्यक्षतामा २७ सदस्यीय समिति निर्वाचीत गरेको अधिवेशनबाट जारी घोषणा पत्र जस्ताको तस्तै ।
पुरा पढ्नुहो् ।
१. अरुणपूर्वका नौ जिल्ला (ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभालाई ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान सुनिश्चित गर्न जोडदार माग गर्दछौं ।
२. लिम्बु भाषामा व्यवहारिक शिक्षा सुनिश्चत गर्न पाठ्यक्रम निर्माण र दरबन्दी सिर्जना गर्न सरकारसँग जोडदार माग गर्दछौं ।
३. लिम्बु भाष र किरात सिरिजंङ्गा लिपिलाई प्रदेशको कामकाजी भाषको रुपमा लागू गर्न माग गर्दछौं ।
४. नेपालका निजामती सेवा, शिक्षण, नेपाली सेना र नेपाल प्रहरमिा सहभागिता बढाउन अभिमुखिकरण र तालिम सञ्चालन गर्ने घोषणा गर्दछौ. ।
५. लिम्बु भाष, लिपि, संस्कृति, मुन्धुम र धर्मका विष्यमा महाचुम्लुङ आयोजना पहल गर्ने घोषणा गर्दछौं ।


Kuro sahi ho vote kata ra kma dinu uhi rukha ra gham ma.