adv

प्रधानमन्त्री ओली गृहनगर दमक आउने

दमक नगरपालिकाको पत्रकारहरुसँग शुभकामना आदानप्रदान

दमक,  १७ असाेज।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री के.पि.शर्मा ओली दमक आउने भएका छन्  । विजयदशमीकाे अवसर शुभकामना आदान प्रदान कार्यक्रमलार्इ लक्षित गरी गृहनगर दमक आउने बताइएकाे छ । प्रधानमन्त्रि ओलीको निजी खर्चमा हरेक वर्ष झापाकाे विर्तामाेडमा उक्त कार्यक्रम गर्दै आएकाे कार्यक्रम यस वर्ष भने दमकमा गर्ने भएकाे बताएकाे छ ।

बिहिबार दमक नगरपालिकाले वडादशैं, तिहार, नेपाल सम्वत ११४० र छठ लगायत महत्वपूर्ण पर्वहरुको अवसरमा आफ्नै सभाकक्षमा पत्रकारहरुलाई बोलाएर शुभकामना प्रदान गरेको गर्दै उक्त कुराकाे समेत जानकारी गराएकाे हाे ।
नगरपालिकाको निर्णय अनुसार पत्रकारहरुलाई बोलाएर शुभकामना आदनप्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले बताए ।


कार्यक्रममा दमक नगरपालिकाकी कार्यवहाक नगर प्रमुख गीता अधिकारीले नगरपालिका पत्रकारीताको हित र विकासका निम्ती प्रतिबद्ध रहेको बताउँदै सबै चाडपर्वहरुको अवसरमा सञ्चार क्षेत्रमा थप उन्नती र प्रगतिका लागि शुभेच्छा प्रकट गरिन् । नगरपालिकाले सबै नगरबासीहरुप्रति समेत शुभकामना व्यक्त गरेको छ ।

कार्यक्रममा कार्यवहाक नगर प्रमुख अधिकारी, प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिना र दमक १० का वडाध्यक्ष बोधराज न्यौपानेले नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको निजी खर्चमा स्थानीय पार्टी , सहयोगी, शुभेच्छुकहरुको व्यवस्थापनमा यही असोज २० गते दमकमा शुभकामना आदनप्रदानको कार्यक्रम रहेको जानकारी गराए ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु