adv

दमकमा घरजम भव्य प्रर्दशन, प्रर्दशन पछि समिक्षामा चलचित्र उत्कृष्ट बनेकाे ठहर

दमक, २ कार्तिक ।

मौलिक नेपाली कथानक चलचित्र ‘घरजम’ झापाको दमक स्थित पाथिभरा चलचित्र हलमा विशेष प्रर्दशन भव्य रूपमा सम्पन्न भएकाे छ ।  मौसम ईम्बुङद्धारा निर्देशित चलचित्र ‘घरजम’ दमककाे विशेष प्रर्दशनी पछी स्थानीय पत्रकार, वुद्धिजिवी, साहित्यकार, समिक्षक तथा सरोकारवाला पक्षसँग घरजमकाे बारेमा समिक्षा गरिएकाे छ ।

‘घरजम’का लागि स्टार भ्याल्यु रोजाइमा पर्न नसकेकाे यस चलचित्रलाइ क्यारेक्टरमै काम गर्नुपर्छ भन्ने मान्यताले अझ चलचित्रलाइ सुगन्ध थपेकाे अाम समिक्षकहरूले बताए । अधिकांश समिक्षकहरूले यस चलचित्र चुनाैतीसँग पाैठेजाेरी खेलेर बनेकाे चलचित्रले बजारकाे हिसाबमा पनि सफलता पाउने बताएका छन् ।

नेपालकाे पूर्वी पहाडी जिल्लाहरूकाे परिवेशलाइ समेटेर बनाइएकाे चलचित्रले पूर्वी भेगका विशेष गरेर लिम्बु समुदायका संस्कृतीमा अाधारीत भएर यति सम्मकाे मनाेरञ्जनात्मक किसिमकाे चलचित्र बनाउन कम चुनाैतीकाे विषय भने पक्कै हाेइन । तर याे घरजम चलचित्र पूर्ण रूपमा सफल हुने किसिमले बनेकाे समिक्षकहरकाे दावी रहेकाे छ ।

दमकमा भएकाे विशेष प्रर्दशनी साेचेकाे भन्दा राम्राे ढंगले सफल भएकाे दमकका विशेष प्रर्दशनीका संयाेजक विक्रम फागाे वनेमले बताए । उनले भने याे सफल हुनमा चलचित्र युनिट, सहयाेगदाता, पत्रकार, वुद्धिजिवी साथै अाम दर्शक महानुभावहरूले गर्दा नै याे सफल भएकाे हुनाले विशेष धन्यवाद समेत व्यक्त गरे ।

चलचित्र ‘घरजम’ देशभरका मल्टिप्लेक्स तथा सिङ्गल थिएटर गरी ८० भन्दा बढि चलचित्र हलमा प्रर्दशन गर्ने लक्ष रहेको जानकारी गराइएको छ । साथै, विदेशका १० भन्दा बढी स्थानमा ‘विशेष’ प्र्रर्दशनीको तयारी समेत गरिएको विशेष प्रर्दशन समितिका संयोजक शैलेन्द्र थेवेले जानकारी दिनु भयो । चलचित्र ‘घरजम’लाई ‘घुम्ती’ शैलीमा समेत प्रर्दशन गर्ने योजना रहेको छ । घुम्ती प्रर्दशन अन्र्तगत इलामका १०, पान्थरका ८, ताप्लेजुङका ९, तेह्रथुमका ६, धनकुटाका ७ र संखुवासभाका १० गरी ५० वाटा स्थानी तहमा प्रर्दशन गरने बताएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु