adv

एमपिसि गोल्डकप सम्पन्न, उपाधी जनआदिवासीकाे कब्जामा

माङसेबुङ, ७ कात्तिक ।
माइथुम्की पुष्पाञ्जली गोल्डकप २०७६ जनआदिवासी बिले आफ्नो पोल्टामा पार्न सफल भएको छ । आयोजक टिम एम.पि.सि. सँग भएको फाइनल खेलमा २–१ को नतिजा निकाल्दै उपाधी उचालेको हो ।

खेलको २८ औं मिनेटमा जनआदिवासी बिको तर्फबाट जर्सि नं. ९ का ओम प्रकाश तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । पहिलो हाफ सम्म १ सुन्यको नतिजा कायम गरेको जनआदिवासी बिले खेलको दोस्रो हाफको २४औं मिनेटमा जर्सि नं. १० का सुसान्त कार्कीले अर्को गोल गर्दै २ सुन्यको नतिजा बनाएको थियो । खेलको अतिरिक्त थप समयमा एम.पि.सि.का जर्सि नं. ३ का मौषम राईले पाएको बललाई सदुपयोग गर्दै सान्तवना गोल फर्काएका थिए ।

दाेस्राे स्थान प्राप्त गरेकाे एमपिसिका खेलाडीहरू

जनआदिवासी बिले एम.पि.सि. गोल्डकपको ट्रफि चुमेसँगै नगद रु.३० हजार छ्यत्तर सहित ट्रफि, मेडल, प्रमाण पत्र प्राप्त गरेको थियो भने आयोजक टिम समेत रहेको एम.पि.एस.ले नगर रु. २० हजार छ्यत्तर रुपैयाँ साथै ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको थियो ।
गोल्डकपको पहिलो संस्करणमा म्यान अफ दि सिरिस एम.पि.सि.का जर्सि नं. २१ का रोनिश राई घोषित भएको थियो भने उत्कृष्ट स्ट्राइकर जनआदिवासी बिका जर्सि नं. ७ का प्रविण राई, उत्कृष्ट डिफेन्डरमा जर्सि नं. ५ का रोशन धिमाल, उत्कृष्ट गोलरक्षक एम.पि.सि.का विशाल लावती घोषित भएको थियो । खेल अवधिभरी ९ गोल गरेर हाइ स्कोरर एम.पि.सि.का जर्सि नं. ९ का पुजन राईले प्राप्त गरेको थियो ।

विभिन्न सहयाेगदाताहरूलाइ धन्यवाद पत्र प्रदान गर्नु हुदै प्रमुख अतिथि

खेलको समापन कार्यक्रम खेल संयोजक हस्त राईको अध्यक्ष्तामा तथा माङसेबुङ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष मैतराज राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त अवसरमा एम.पि.सि. क्लबका अध्यक्ष दिपक कुमार राई, संरक्षक नन्दकुमार राई, गजेन्द्र राई, दमक रवि सडक फाल्गुनन्द मार्ग उपभोक्ता समितिका वरिष्ट उपाध्यक्ष सुशिल कुमार राई, दुर्गा मा.वि.का अध्यक्ष यलम्बर साम्बा, सनिबारे बजार व्यवस्थापन समितिका अध्यक्ष मन कुमार साम्बा, आदिपुर सामुदायिक स्वास्थ्य इकाइ इञ्चार्ज सुरेन्द्र साम्बा लगायतको उपस्थिति रहेको थियो ।
गत असोज २७ गते देखि भएको खेलमा जम्मा २४ टिमको सहभागीता रहेको थियो । माईथुम्की पुष्पाञ्जली क्लबको अयोजनामा खेलमा विभिन्न शीर्षकमा सहयाेग गर्नु हुने सहयाेगदातहरूलार्इ धन्यवाद पत्र समेत प्रदान गरेकाे थियाे ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु