adv

मैत्रिपूर्ण खेलमा आयोजक विजयी, फाइनल अघि केरादौड पनि

माङसेबुङ, ६ कात्तिक ।
इलामको माङसेबुङमा जारी माइथुम्की पुष्पाञ्जली गोल्डकप २०७६ को फाइनल खेल अघि आयोजक समिति र स्थानिय संघ संस्थाका प्रतिनिधिहरु बीच भएको मैत्रिपूर्ण खेलमा आयोजक समिति विजयी भएको छ । आयोजक समितिले संघसंस्थालाई १ का विरुद्ध ३ गोल गर्दै मैत्रिपूर्ण खेलको नतिजा आफ्नो पोल्टामा पारेका थिए ।

केरा दाैडमा दाैडेर अाएर केरा खादै खेलाडीहरू

संघसंस्थाको तर्फबाट महेन्द्र सावाले गोल गर्दै टिमलाई अग्रटा दिलाए पनि जितलाई यथावत राख्न भने सकेन । त्यसैको फाइदा उठाउदै आयोजक समितिको तर्फबाट छत्र लावतीले गोल गर्दै खेललाई बराबारीमा फर्काएका थिए । खेलको पहिलो हाफमा नै पुनः आयोजक समितिको तर्फबाट छत्र लावतीले अर्को गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो ।
खेलमा आयोजक समितिको तर्फबाट मन बहादुर राईले गोल गरेसँगै आयोजक समितिले ३–१को नतिजा कायम गर्दै टिमको जित सुनिश्चित गरेको थियो ।

फाइनल खेल अगाडी कोला (केरा) दौड खेल समेत भएको थियो । सुन्दा अचम्म लाग्ने यो खेल रोचक पनि रहेको आम दर्शकले जनाएको छ । उक्त खेल समेत आयोजक समिति र संघसंस्थाका बीच नै भएको थियो ।
एक साइडको चियरमा केरा राखेर अर्को ठाउँका कुदेर आएर राखिएको केरा सबै खाइसकेपछि पुनः अघिको ठाउँमा नै दौडेर पुग्नु पर्ने रहेको थियो । जस खेलमा पनि आयोजक समिति नै विजयी भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु