धरान, ८ कार्तिक ।
समाजवादी पार्टी र नयाँ शक्ति पार्टीवीच एकिकरण भए पश्चात यतिवेला प्रदेश, जिल्ला, गाउँनगर समायाेजन धमाधम भइरहेकाे छ । यसैवीच प्रदेश नं. १ मा पनि अाज शुक्रबार सुनसरीकाे धरानमा समाजवादी पार्टी एक नं. प्रदेश समिति र नयाँ शक्ति पार्टी नेपाल १ नं. प्रदेशवीच समायाेजन कार्यक्रम सम्पन्न भएकाे हाे । केन्द्रीय उपाध्यक्ष पर्शुराम खापुङकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समाजवादी पार्टीका केन्द्रीय परिषद अध्यक्ष डा.बावुराम भट्टरार्इ रहेका थिए ।

समायाेजन कार्यक्रममा पार्टी केन्द्रीय कार्यकारी अध्यक्ष उपेन्द्र यादव, वरिष्ट नेता अशाेक रार्इ, उपाध्यक्ष युवराज कार्कि, रकम चेम्जाेङ लगायतका केन्द्रीय नेताहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । साविक समाजवादी फाेरम र नयाँ शक्ति पार्टीले कति कति पदाधिकारी र सदस्य लिने भन्ने बिषयकाे अन्तिम टुङगाे लाग्न साथ समायाेजन कार्यक्रम सम्पन्न भएकाे हाे ।
समायाेजनले साविक समाजवादी फाेरम, नेपाल प्रदेश नं. १ का अध्यक्ष प्रविण चाम्लिङकाे अध्यक्षतामा समायाेजन सम्पन्न गरेकाे छ । साविक समाजवादी फाेरमले उपाध्यक्ष ४ मा क्रमशः दिपक याक्खा, घनश्याम कटुवाल, सविता यादव र राज कुमार यादव रहेका छन् भने सचिवमा प्रेम वनेम, काेषाध्यक्षमा विनाेद नेम्वाङ गरी ७ पदाधिकारी लिएकाे छ । उता साविक नयाँ शक्ति पार्टीकाे तर्फबाट उपाध्यक्षमा उमेश थापा, मुख्य सचिवमा प्रभुराम श्रेष्ठ, सचिव द्वय भरत दाहाल र सुर्य रार्इ रहेका छन् ।
नयाँ शक्तिकाे तर्फबाट ४३ सदस्यीय र समाजवादी फाेरमबाट ५७ सदस्यीय गरी जम्मा १ सय सदस्यीय समिति घाेषणा भएकाे हाे ।
काेकाे परे त सदस्यमा ? पुरा हेर्नुहाेस् ।
साविक समाजवादी फाेरमकाे तर्फबाट



साविक नयाँ शक्ति पार्टीकाे तर्फबाट



