निशेष सत्यरूप, चुलाचुली, १७ कार्तिक ।
अन्धाराजा धार्मिक पर्यटकीय क्षेत्रको नयाँ उपोभोक्ता समती चुलाचुली ५ मा रहेको धार्मिक तथा ऐतिहासीक अन्धाराजा पर्यटकीय स्थलको उपोभोक्ता समिती पुर्नगठन गरिएको छ । शिखरकटेरी स्थित विभुतेश्वर मन्दिरको प्राङ्गणमा भएको भेलाले स्थानिय युवा दिपक मगरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरी उपोभोक्ता समितीको उपाध्यक्षमा रबिन भणडारी, सचिवमा मौषम साम्पाङ, सहसचिवमा लालबहादुर भट्टराई, कोषध्यक्षमा सन्तकला राई सदस्यहरुमा अ्बर राई, नवीन राई, बिष्णुमाया बि.क., थामबहादुर राई, बलबहादुर राई, माया राई, बिमला राई, सुजता लिम्बू गरि १३ सदस्य उपोभोक्ता समिती गठन गरीएको छ ।
त्यसैगरी धार्मिक तथा ऐतिहासीक अन्धाराजा पर्यटकीय स्थलको प्रचार–प्रसार उपसमिती समेत गठन गरीएको छ । स्थानिय संञ्चारकर्मी निशेष राईको संम्योजकत्वमा ३ सदस्य उपसमिती गठन गरीएको हो । जसमा विहानी राई र दिपेन भण्डारी सदस्या रहेका छन् ।
महाभारतकालिन इतिहास जोडिएको यस क्षेत्रमा राजा धृतराष्ट्र अर्थात अन्धाराजाले वनवास वसेको किमदन्ती रहेको छ । महाभारतका अन्धाराजा अर्थात धृतराष्ट्र आफ्नी रानी गान्धारीसंग द्धापर युगमा यस स्थानमा वनवास बसेको विश्वास गरिन्छ । यस स्थानमा राजा र रानी बसेको गुफा, उनिहरु स्नान गर्ने पोखरी लयायत राम लक्षणले वाण हान्न सिकेको स्थान देख्न र तत्कालीन समयमा उनिहरुले प्रयोग गरेका सामाग्री समेत देख्नसकिन्छ ।
सामुन्द्रिक सतह देखि करिव ५ सय मिटरको उचाईमा चुरे महाभारतमा रहेको यस क्षेत्रबाट पूर्वाञ्चलका धेरै स्थान प्रष्टसंग देख्न सकिन्छ । गत आर्थिक बर्षमा यस देव स्थल विकास र संरक्षणका लागि प्रदेश सरकारबाट ३० लाख रुपौँया विनियोजन भएको थियो भने यस आर्थिक बर्षमा थप ४० लाख रुपौँया विनियोजन भएको बताईएको छ ।

