adv

मकालु गाउँपालिकामा समाजवादीका ३ प्रत्यासी

संखुवासभा, १७ कार्तिक ।

संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष पदको लागि आसन्न उप-निर्वाचनमा समाजवादी पार्टीबाट तीन जनाको नाम अघि आएको छ । आसन्न मङ्सिर १४ को निर्वाचनका लागि उम्मेद्वारीका रूपमा समाजवादी तर्फबाट समाजवादी पार्टीको बिरेन्द्र कुमार याम्फू खारा, कामा छिरी शेर्पा र नोर्बु शेर्पाले दावी प्रस्तुत गरेका हुन् ।

समाजवादी पार्टी संखुवासभा इन्चार्ज दीपक याक्खाका अनुसार तीन जनाको दाबेदारी रहे पनि उम्मेद्वार को बन्ने भन्ने बारे निर्णय भैसकेको छैन । दाबेदार मध्ये याम्फू संखुवासभा प्रदेश निर्वाचन क्षेत्र ‘क’ समन्वय समितिका अध्यक्ष हुन् भने कामाछिरी र नोर्बु दुवै समाजवादी पार्टी शेर्पालुङ राष्ट्रिय समितिका सदस्य हुन् । याक्खाबाट प्राप्त जानकारी अनुसार पार्टी जिल्ला समन्वय समितिले सहमतिका आधारमा प्रदेश समितिमा उम्मेद्वार सिफारिस गरि पठाउने छ ।

एक भन्दा बढी नाम सिफारिस भएमा प्रदेश समितिले उम्मेद्वार टुङ्गो लगाउने छ । सहमतिमा ३ मध्ये १ को नाम पठाउने सम्भावना रहेकाे जनाएकाे छ । मकालु गा पा मा तत्कालीन एमालेका तर्फबाट खड्क कटुवालले अध्यक्षमा जितेका थिए । उनको गत वर्ष सडक दुर्घटनामा परेर मृत्यु भएपछि उप-निर्वाचन हुन लागेको हो । मकालु गा पा अध्यक्षको लागि नेकपाबाट तेजबहादुर पोखरेल र कांग्रेसबाट बिमन पराजुलीको नाम सार्वजनिक भैसकेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु