adv

उपनिर्वाचनका लागि समाजवादीले उम्मेद्वार टुङ्गाे लगाउदै

काठमाण्डाै, १७ कार्तिक । 

उपनिर्वाचनमा समाजवादी पार्टीले विभिन्न क्षेत्रका उम्मेद्ववारहरूकाे नामवली टुङगाे धमाधम टुङगाे लगाउँदै छ । पार्टीकाे आइतबार बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा र प्रदेश सभाकाे उम्मेद्वारहरूकाे नाम टुङगाे लगाएकाे छ ।

उपनिर्वाचनमा समाजवादीबाट कास्की प्रतिनिधि सभा क्षेत्र नं. २ मा धर्मराज गुरुङको नाम टुंगो लगाएकाे छ । त्यस्तै बाग्लुङ प्रतिनिधि सभा क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ मा अशाेक कुमार विश्वकर्मा उम्मेद्वार हुने पक्का भएकाे छ भने दाङ प्रतिनिधि सभा क्षेत्र नं. ३ ‘ख’ मा डिल्लि डाँगीकाे नाम अन्तिम फाइनल गरेकाे छ ।

भक्तपुर प्रतिनिधि सभा क्षेत्र नं. १ काे प्रदेश सभा क काे भने जिल्ला पार्टी समायाेजन बाँकी नै रहेकाेले अहिले टुङगाे नलागेकाे स्राेतले बताएकाे छ । पार्टीकाे केन्द्रीय कार्यकारिणीकाे वैठकले निर्णय गर्ने भएकाे छ । पार्टीकाे केन्द्रीय कार्यकारिणीकाे बैठक अागामि कार्तिक २८ गते देखि ३० गते सम्म बस्ने जनाएकाे छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु