दमक, २० कार्तिक ।
संघीय समाजवादी फोरम नेपाल दमक नगर समितिकले समाजवादी पार्टी प्रदेश नं. १ का पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ । दमक गोरखा किचनको सभाहलमा सम्पन्न कार्यक्रममा नगर समितिले समायोजन पश्चात बनेको सम्पूर्ण सदस्यहरुलाई सम्मान कार्यक्रम राखेको हो ।

प्रदेश नं. १ का सदस्यहरुलाई अबिर साथै फुलमाला लगाएर बधाई ज्ञापन गर्दै कार्य सफलताको शुभकामना व्यक्त गरेको थियो । कार्यक्रममा प्रदेश समितिका प्राय सबै पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।


