adv

बिभागीय त्रिभुवन आर्मी सेमिफाइनलमा

भूमिका सुब्बा, बिर्तामोड, २० कार्तिक ।

झापाको बिर्तामोडमा जारी हाम्रो पुर्वाञ्चल गोल्डकपमा उपाधिको दावेदार मानिएका बिभागीय त्रिभुवन आर्मी क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले पाहुना टोली मोलवे आसामलाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । सेमिफाइनलमा आर्मीले सिक्किम आक्रामक एफसीसँग प्रतिष्पर्धा गर्ने छ ।

आर्मीको जितका लागि टेकबहादुर बुढाथोकीले गोलको खाता खोलेका थिए । खेलको छैटौं मिनेटमा रमेश भुजेलले डि बक्सभित्र मिलाईदिएको पासलाई बुढाथोकीले वान टचमा पोष्टको दिशा दिए । दा्स्रो गोल नियमित स्ट्राइकर दिपक गुरुङले गरे ।

खेलको ७४ औं मिनेटमा मैदानको मध्यभागमा पाएको फ्रि किकलाई सदुपयोग गर्दै गुरुङले गोल गरेका थिए । गुरुङको प्रहारले आसामका गोलरक्षक अल्बर्ट हमरलाई टच हुँदै पोष्टको जाली चुमेको थियो । आर्मीका स्कोरर टेकबहादुर बुढाथोकीले ४१ औं मिनेटमा डि एरियामा पाएको पासलाई गोल गर्न नसक्दा स्कोर दोब्बर गर्ने अवसर गुमाए ।

खेलकाे ५४ औं मिनेटमा आर्मीका भगवान श्रेष्ठको प्रहार बिपक्षी पोष्टमा लागेर फर्कियो । ६४ औं मिनेटमा बुढाथोकीले पुन डि एरियामा पाएको बललाई बिपक्षी पोष्टमा फितलो प्रहार गरे । अनमार्क रहेका उनको प्रहार आसामका गोलरक्षक हमरले सहजै नियन्त्रणमा लिए । आसामले आर्मीको पोष्टमा कुनै जोखिमपुर्ण आक्रमण बुन्न सकेन ।

खेलको ७० औं मिनेटमा आसामका लालमिङलु भंकलको प्रहारलाई आर्मीका गोलरक्षक बिश्वास चौधरीले नियन्त्रणमा लिन सकेनन् । उनको हातबाट फुत्किएको बललाई आसामकै इडवार्ड भङकलले प्रहार गरेका थिए । गोलकिपर बीट भइसकेको अवस्थामा उनले गरेको फितलो प्रहार आर्मीका डिफेन्डरले गोललाईनबाट बचाए ।

खेलको म्यान अफ द म्याच बिजेता टिम त्रिभुवन आर्मीका पहिलो गोलकर्ता टेकबहादुर बुढाथोकी भए । उनले नगद १० हजार रुपैंयाँ पुरस्कार पाए । बिहीबारको खेल चर्च व्वाइज युनाइटेट काठमाण्डौ र गोर्खा ब्वाइज रुपन्देहीबिच हुने आयोजक समितिले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु