adv

नेकपा माङसेबुङकाे आयाेजनामा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम हुने

माङसेबुङ, २१ कार्तिक । 

नेकपा माङसेबुङ गाउँपालिका कमिटि इलामकाे आयाेजनामा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम हुने भएकाे छ । नेपालीहरूकाे महान चाड वडादशै, शुभदिपावली, छठपर्व, उधाैली उभाैली, लाेसारकाे अवसरमा उक्त कार्यक्रम गर्न लागिएकाे जनाएकाे छ ।

माङसेबुङ वडा नं. ३ स्थित चतुरे बजारमा कार्तिक २९ गते शुक्रबार संविधान सभाका अध्यक्ष तथा नेकपा स्थायी कमिटि सदस्य सुवाषचन्द्र नेम्बाङकाे प्रमुख आतिथ्यतामा हुने गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य धिरेन्द्र शर्मा रमण, नेकपा जिल्ला कमिटि अध्यक्ष तथा प्रदेश सभा सदस्य राम बहादुर राना मगर लगायतका नेताहरूले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे अध्यक्ष राईले बताए ।

कार्यक्रममा विभिन्न साँस्कृतीक कार्यक्रम पनि हुने जनाएकाे छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु