adv

माङसेबुङमा जारी फुटसल प्रतियाेगितामा बिहिबार ६ खेल सम्पन्न

माङसेबुङ, २१ कार्तिक । 

फाल्गुनन्द विकास संस्ठा माङसेबुङ ३ गुरूङगाँउको आयोजनामा इलामको माङसेबुङ गाउँपालिका ३ गुरूङगाउँमा जारी फूटसल प्रतियोगिताकाे आज भएकाे खेलमा थुमथुमे बि पाँचथर, थुमथुमे ए पाँचथर, इभाङ २, बाँझाे ७, इभाङ ४ ए र लाक्तापा विजयी भएकाे छ ।

थुमथुमे बि पाँचथले सिम्लेलाई ३–१ गाेलले हराएकाे थियाे भने थुमथुमे ए पाँचथरले इभाङ ६ लाई २–१, इभाङ २ ले इभाङ ८ लाई ५–१, बाँझाे ७ ले सामाटारलाई १–०, इभाङ ४ एले इभाङ ३ लाई २–० र लाक्तापाले इभाङ ४ लाई १–सुन्यले पराजित गर्दै खेलकाे दाेस्राे चरणमा प्रवेश गरेकाे छ ।

प्रतियोगिताका विजेताले नगद २० हजार ७६ र उपविजेताले नगद ११ हजार ७६ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको फाइनल २५ कात्तिकमा हुने आयोजक संस्थाका सचिव प्रविन लिम्बूले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु