भूमिका सुब्बा, मेचीनगर, २३ कार्तिक ।
मेचीनगर नगरपालिका वडा नं. ६ मा रहेको सिरिजंगा निशाम हिममा आज शनिबार चासोक तङ्नामको शुभकामना सहित कलाकारहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । हिमका अध्यक्ष धनप्रसाद केरुङको अध्यक्षतामा तथा मेची नगरनगरपालिका वडा नं. ६ का वडा अध्यक्ष ललित तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

भाषा लिपि सम्बन्धी पढ्ने विद्यार्थीहरुलाई हिमले पढाउदै आएको छ । हिमले भाषा लिपि सम्बन्धि हप्ताको एक दिन कक्षा सञ्चालन गर्दै आएको हिमलाई कार्यक्रममा लिलानाथ आङदेम्बले ५ हजार १ सय १६ रुपैयाँ सहयोग गरेका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मेची नगर समन्वय समितिका अध्यक्ष ओमप्रकाश खापुङ, किरात याक्थुङ चुम्लुङ मेची नगर समिति अध्यक्ष दिलिप आङदेम्बे, वडा नं. ६ सदस्य राज कुमार श्रेष्ठ, संस्कृतिवित क्याप्टेन गोपिलाल लिङदेन, शिक्षक मनि कुमार लिम्बु, लिलानाथ आङदेम्बे लगायतको उपस्थिति रहेको थियो ।

