माङसेबुङ, २३ कार्तिक ।
फाल्गुनन्द विकास संस्ठा माङसेबुङ ३ गुरूङगाँउको आयोजनामा इलामको माङसेबुङ गाउँपालिका ३ सामाटारमा जारी फूटसल प्रतियोगिताकाे आज भएकाे खेलमा चतुरे, मानपुर एफ.सी., थुमथुमे बि पाँचथर, थुमथुमे ए पाँचथर र पथरी विजयी भएकाे छ ।
चतुरेले साविक बाझाे ७ लाई ५–० गाेल अन्तरले जित हात पारेकाे छ । त्यस्तै खेलमा मानपुर एफ.सी.ले चिबुवालाई १ सुन्य, थुमथुमे पाँचथर बि ले लाक्तापालाई १ सुन्य, थुमथुमे ए पाँचथरले इभाङ १ लाई २–१ र पथरीले बाँझाे ७ लाई १ सुन्यकाे नतिजा निकाल्दै अर्काे चरणमा प्रवेश गरेकाे छ ।

फाल्गुनन्द विकास संस्ठा माङसेबुङ ३ को आयोजनामा जारी प्रतियोगितामा इलाम, पाँचथर र मोरङका गरी ३२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले नगद २० हजार ७६ र उपविजेताले नगद ११ हजार ७६ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको फाइनल २५ कात्तिकमा हुने आयोजक संस्थाका सचिव प्रविन लिम्बूले जानकारी दिए ।

