adv

साइनाेकाे सेवा केन्द्र मंगलबारे बजारमा

शिवसताक्षी, २४ कार्तिक । 

साइनाे बचत तथा ऋण सहकारी संस्थाले आफ्नाे सेवा केन्द्र शिवसताक्षी नगरपालिका वडा नं. २ मंगलबारे बजारमा पनि सुरू गरेकाे छ । सुरूवाती समयमा झिलझिले बजार वरिपरी मात्र सेवा प्रदान गर्दै आएकाे साकाेसले मंगलबारे बजार क्षेत्रका व्यपार व्यावसायीहरूका लागि सेवा प्रदान गर्न सेवा केन्द्र सुरू गरेकाे हाे । आइतबार कार्यलयमा एक औपचारीक कार्यक्रम गरी सेवा केन्द्रकाे सञ्चालनमा ल्याइएकाे हाे ।

कार्यक्रममा बाेल्दै शान्ति आधारभुत विद्यालयका प्र.अ. विष्णु भट्टराईले भने – मंगलबारे बजारमा साइनाे साकाेस साइनाे जाेडनका लागि न्यानाे आतिथ्यता पाउने बताए । त्यस्तै नगदेबाली कृषी सहकारी संस्थाका अध्यक्ष बलजीत राईले पनि सफलताकाे शुभकामना व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मंगलबारे बजार व्यवस्थापन समितिका अध्यक्ष तथा व्यवसायी भीम नेम्बाङले साइनाे साकाेसकाे नामसँग जाेड्दै व्यक्ति, परिवारमा पनि साइनाेकाे महत्व रहेकाे र आर्थिक क्षेत्रमा पनि साइनाे साकाेसकाे महत्वपूर्ण भूमिका हाेस् भन्ने कामना व्यक्त गरेका थिए ।

साइनाे साकाेसकाे मंगलबारे बजारमा सुरू गरेकाे सेवा केन्द्रकाे कार्यलय

साकाेसले नयाँ सेवा केन्द्र सुरू गरेकाे अवसरमा एक हप्ताकाे लागि सेयर खरिदका लागि समेत खुल्ला गरिएकाे सहकारीका सचिव अनिलदेव राईले बताए । साकाेसका अध्यक्ष दिपक कुमार मन्याङबाे (विकेन) काे अध्यक्षतामा तथा मंगलबारे बजार व्यवस्थापनका अध्यक्षा भीम नेम्बाङकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा साकाेसका सचिव अनिलदेव राईकाे सञ्चालन रहेकाे थियाे भने साकाेसका प्रबन्धक दिल कुमारी मगरकाे स्वागत मन्तव्य रहेकाे थियाे ।

कार्यक्रम समापन पछि सामुहिक तस्विरमा साइनाे साकाेस परिवार
Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु