adv

तेस्राे अन्तर्राष्ट्रिय कृषि, व्यापार तथा पर्यटन महाेत्सव मेचीनगरमा हुने

भूमिका सुब्बा, मेचीनगर २७ कार्तिक । 

मेची उद्याेग वाणिज्य संघकाे आयाेजनामा झापाकाे मेचीनगरमा तेस्राे अन्तर्राष्ट्रिय औधाेगिक, व्यापार, कृषि तथा पर्यटन महाेत्सव २०७६ हुने भएकाे छ । आज बुधबार उधोग बाणिज्य संघ धुलाबारीको सभाहलमा पत्रकार सम्मेलन गरी उक्त कुराकाे जानकारी गराएकाे हाे । २०७६ पाैष ९ गते देखी १७ गते सम्म सञ्चालन हुने महाेत्सवले उपभाेक्ता बीच प्रत्यक्ष सम्बन्ध गांसी व्यापारीक गतिविधि गरी आर्थिक रूपमा समेत स्तर उन्नती गर्ने लक्ष्य राखिएकाे छ ।

२०६० सालमा प्रथम पूर्वाञ्चल औद्योगिक व्यापार मेला र २०७० सालमा दोस्रो पूर्वाञ्चल औद्योगिक व्यापार मेला सफलता पूर्वक सम्पन्न गरेपछि यस पटक संघले तेस्रो पटक महाेत्सवकाे आयोजना गर्दैछ ।  यतिबेला विश्वबजार प्रतिश्पर्धात्मक अवस्थामा रहेको बेला नेपालमा भित्रिएका सामान र भित्रिने क्रममा रहेको सबै सामानहरुको एकै ठाउँमा अवलोक गराउँनका लागि आयोजना गरिएको महोत्सवमा नेपालका साना, मझौला तथा ठुला उद्योगसँगै विदेशी प्रदर्शकहरुको पनि उपस्थिती रहने आयाेजक समितिले जनाएको छ ।

सुरुवाती वर्षमा नै विदेशी प्रदर्शकहरुको राम्रो साथ पाएको व्यापार मेलामा यस पटक पनि वंगलादेश, भारत चीन, पाकिस्तानका लगायतका विदेशी प्रदर्शकहरुको उल्लेखीय उपस्थिति हुनेमा आयोजक समिति आशावादी रहेको छ । २ सय स्टलहरु रहने उक्त महोत्सवलाई करिब १ लाख दर्शकहरुले अवलोक गर्ने अनुमान गरिएको महोत्सव प्रचार प्रसार समितिका संयोजक सन्दिप ओलीले बताए ।

करिव २२ हजार वर्गमिटर क्षेत्रफल ओगट्ने महोत्सवमा मुख्यत प्रदर्शनी तथा बिक्रीकक्ष, सांस्कृतिक तथा सांगितिक क्षेत्र, वालउद्यान तथा मनोरञ्जन र खानपान गरी ४ भागमा विभाजन गरी अवलोकन स्थलहरुको निर्माण गरिने आयोजक समितिले जनाएको छ । निर्माण गरिने स्टलहरु भने अक्टोनोर्म प्रविधिबाट विशिष्ट प्रकारका स्टलहरु निर्माण गरि महोत्सव परिसर भित्र आकर्षक सेल्फी जोन समेत निर्माण गरिने संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताए । महाेत्सव परिसर भित्र मिडिया सेन्टर, फ्रिवाइफाइ जाेन, प्राथमिक उपचारकाे समेत व्यवस्था गरिएकामा प्रवेश शुल्क रू ५० रूपैया ताेकिएकाे जनाएकाे छ ।

९ दिन सम्म सञ्चालन हुने महोत्सव सफल पार्नका लागि १३ वटा उपसमितिहरू गठन गरिएकाे छ । नेपाल प्रहरीकाे सुरक्षासँगै निजि सुरक्षा निकायले पनि सुरक्षा प्रदान गर्ने आयोजक समितिले जनाएकाे छ । उपस्थित दर्शकलाइ मनाेरञ्जन प्रदान गर्नका लागि दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक समिति संयोजक भूमि पौडेलले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु