adv

माैलिक नेपाली चलचित्र ‘घरजम’ भद्रपुरमा प्रर्दशन हुदै

भूमिका सुब्बा, भद्रपुर २७ कार्तिक । 

मौलिक नेपाली कथानक चलचित्र ‘घरजम’ झापाको भद्रपुरमा विशेष प्रर्दशन हुने भएको छ । मौसम ईम्बुङद्धारा निर्देशित चलचित्र ‘घरजम’ कार्तिक २८ गते भद्रपुरकाे कृष्णराज सिनेकम्प्लेक्समा प्रर्दशन हुने भएको हो ।

हरप्रहर न्युजसँग कुरा गर्दै चलचित्रका निर्देशक मौसम इम्बुङले भनेः ‘ घरजम लिम्बू समुदायको जिवन–दर्शनलाई आधार मानेर निर्माण गरिएको नेपाली कथानक चलचित्र हो । ‘घरजम’का लागि स्टार भ्याल्यु रोजाइमा पर्न सकेन ! क्यारेक्टरमै काम गर्नुपर्छ भन्ने मान्यताले ‘घरजम’ बनेको छ । क्यारेक्टरलाई आधार मानेर बनाइएका चलचित्रहरुले ‘नेपाली चलचित्र यस्तो हुनुपर्छ’ मन्ने मानक स्थापित गर्न खोजिरहेको बेला ‘घरजम’ले एउटा इटा थप्ने काम गरेको छ । हाम्रा पात्रहरुलाई मौलिक रुपमा प्रस्तुत गर्नु र सर्लक्कै समाज देखाउनु वा सुनाउनु ‘घरजम’को विशेषता हो ।’

करिब ८० लाखको लगानिमा बनेको चलचित्रको निर्माता किशोरकुमार लिम्बु र सीताकुमारी तुम्वापो हुन भने सह निर्माताको रुपमा तेज मेन्याङबो रहनु भएको छ । चलचित्रमा, बुद्धी तामाङ, सृजना सुब्बा, यासेली योङहाङ, रवी शेर्मा, कुशल थलङ, शुष्मा सुब्बा लगायत कलाकारको अभिनय गरेका छन् ।

भद्रपुर विशेष प्रर्दशन समितिका संयाेजक विशाल इधिङगाेका अनुसार भद्रपुरमा प्रर्दशनको तयारी अन्तिम चरणमा पुगेको छ । भद्रपुर चन्द्रगढी क्षेत्रका धेरै भन्दा धेरै दर्शकलाई चलचित्र देखाउँने योजना रहेकाे भद्रपुर प्रर्दशनी समितिले जानकारी गराए । चलचित्र घरजम भद्रपुरकाे कृष्णराज सिनेकम्प्लेक्समा बिहान ११ बजे प्रर्दशन हुने जनाएकाे छ ।

त्यस्तै घरजम इलामकाे सिटिहलमा समेत कार्तिक ३० गते प्रदर्शन हुने चलचित्र निर्देशक माैशम इम्बुङले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु