adv

नेकपा फाल्गुनन्दका सचिब इन्द्रबहादुर नेम्बाङलाई अशाेक राईकाे खुल्ला पत्र

सेवारो,
इन्द्रबहादुर नेम्बाङ जी, नेताका गुणहरुको ब्याख्यता तथा लेखक अमेरिकन जोन सी म्याक्सवेल भनेका छन “नेता भनेको बाटो चिन्ने, बाटोमा हिड्ने र बाटो देखाउने सक्ने ब्यक्ति नै नेता हो भनेका छन” । यथार्थमा भन्ने हो भने समाजलाई विभिन्न बाधक निम्ताउने पुराना मान्यता तथा सोचहरुलाई चिर्दै, समाजलाई प्रगतिशील बाटोमा अघि बढाउन सक्ने ब्यक्ति नै नेता हो, समाज र राष्ट्रको लागी नायक हो ।

स्मरण रहोस् नेम्बाङ जी,

नेपालको संबिधानको धारा ६ मा “नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा हुन” । यसै गरि धारा ३१.शिक्षा सम्बन्धी हकको उपधारा (५) मा “नेपाल बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसको लागी बिद्यालय तथा शैक्षिक संस्था खोल्ने र संचालन गर्ने हक हुनेछ” भनेर लेखिएको छ । यति मात्र नभएर अनिबार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऎन २०७५ को परिच्छेद ४ को दफा २८. मातृभाषी शिक्षा सम्बधी ब्यबस्था र दफा २९. बिद्यालय वा शिक्षण संस्था संचालन गर्नु पर्ने नीति हेर्दा मातृभाषालाई संबिधान र ऎन दुबैले सम्मान गरेको घाम झै छ्लङ्ग छ ।

अब सवाल, नेम्बाङ जी तपाईंको ?
पाचथर स्थित फाल्गुनन्द, गाउँपालिकामा राई, लिम्बु र तामाङ समुदायहरुको मातृभाषामा पठनपाठनको लागी शिक्षक खुल्ला गरिएको,नियुक्ति प्रक्रिया रोक्न सम्मानित उच्च अदालत इलाममा रिट जाहेर गर्नु भएछ । त्यही रिटको आधारमा सम्मानित उच्च अदालतले कात्तिक २० गते शिक्षक प्रक्रिया रोक्न दिएको अन्तरिम आदेशले समग्र रुपमा राज्यलाई नोक्सान भएको छ, क्षती भएको छ । किन कि फाल्गुनन्द गाउपालिका पढाई हुने मातृभाषाहरु भनेको राष्ट्रको सम्पत्ति हो, राष्ट्रको सम्पदा, राष्ट्रको गहना हो र राष्ट्रको पहिचान हो । मातृभाषाहरु जुन राष्ट्रको सम्पदा, सम्पत्ति, गहना र पहिचानलाई चिन्न नसकेर सम्मानित अदालतमा रिट जाहेर गर्ने नेम्बाङ र शिक्षक प्रक्रिया रोक्न आदेश दिने न्यायाधीश दुबै गलत छ्न ।

नेकपाका फाल्गुनन्दका सचिव नेम्बाङ् जी लाई मेरो प्रश्न ? फाल्गुनन्द गाउपालिकाको लागी मातृभाषाको शिक्षक नियुक्ति प्रक्रिया के बिधीसम्मत नभएको नै हो त ? यदि यसो भने, यो भन्दा १ बर्ष अगाडी यहि प्रक्रियाबाट २ जना अंगेजी शिक्षकको नियुक्ति कसरी बिधिसम्मत भयो मेरो सवाल अनि प्रश्न यहाँलाई ? यहि प्रक्रियाबाट १ बर्ष अगाडि अंग्रेजीको लागी शिक्षक नियुक्ति गर्दा बिधिसम्मत हुने तर फेरी १ बर्ष पछि यहि प्रकियाबाट मातृभाषामा शिक्षक नियुक्ति गर्दा बिधी सम्मत नहुने ? बिधी प्रक्रिया भन्दा पनि नेम्बाङ जी तपाईको नियतप्रती प्रश्न उठेको छ ।

सोचिरहेको छु यतिखेर
भाषा आयोगको अध्यक्ष डा. लबदेब अबस्थितको अन्तरबार्तामा भाषाको अन्त्य हुनु भनेको देशको सम्पत्तिको अन्त्य हुनु हो, देशको सम्पदाको अन्त्य हुनु हो र देशको पहिचान नै अन्त्य हुनु हो भनेर पढेको थिए । तर आज त्यहि देशको सम्पत्ति, सम्पदा र पहिचान नै अन्त्य गर्ने खोज्ने नेम्बाङ र सम्मानित अदालत प्रती भाषा आयोगको कुनै चासो नदेखाएकोले गर्दा अचम्ममा परिरहेको छु । नेता त्यो हो जो राष्ट्रको भाषालाई जिबन्त राख्न र मातृभाषालाई बचाईराख्न मुखले मात्र होईन व्यबहारले पनि संघष गर्न सधै अगाडी बढ्छ ।

नेता त्यही ब्यक्ति हुन्छ, जो बाटो चिन्छ, जो बाटोमा हिड्छ र बाटो देखाउछ । अब आम नागारिकले भन्नु होस् पाचथर स्थित फाल्गुनन्द गाउपालिका नेकपाको सचिब इन्द्र बहादुर नेम्बाङ को हो ?


लेखक

अशोक राई

अध्यक्ष – नेपाल आदिबासी जनजाति विद्यार्थी महासंघ त्रिभुवन बिश्वबिद्धालय (किरात राई विद्यार्थी संघका केन्द्रीय सचिव समेत हुन)

Advertise Expired !

2 thoughts on “नेकपा फाल्गुनन्दका सचिब इन्द्रबहादुर नेम्बाङलाई अशाेक राईकाे खुल्ला पत्र

  1. Right suggestion and question .NeKaPa ,Falgunanda should realize the blunder and apologize .Sothat the party freely and clearly can forward their activities.moreover many thanks to Mr.Rai.

  2. जायज प्रश्न तर झोले बन्धु नेम्बाङ सँग कुनै तार्किक उत्तर छैंन ।

Leave a Reply

सम्बन्धित शीर्षकहरु