adv

लिम्बु विद्यार्थी मञ्च संगठन विस्तारमा

भूमिका सुब्बा, मेचीनगर, १ मंसिर ।

लिम्बु विद्यार्थीहरुको एक मात्र साझा विद्यार्थी संगठन लिम्बु विद्यार्थी मञ्च यतिबेला संगठन विस्तारमा जुटेको छ । सोहि क्रममा लिम्बु विद्यार्थी मञ्च झापा जिल्ला कार्य समितिले आज आइतबार मेचीनगरको त्रिदेव बहुमुखी क्याम्पसमा इकाइ शाखा समिति गठन गरेको छ ।

असल चोङबाङको अध्यक्षतामा १५ सदस्यीय इकाइ शाखा समिति गठन गरेको हो । नवगठिन समितिको उपाध्यक्षमा समिना लिम्बु र इक्सा लिङदेन रहेको छ भने सचिवमा मन्जिल लिम्बु चयन भएका छन् । सह–सचिवमा रिता लिम्बु, कोषाध्यक्षमा रोश्नि वेघा, सदस्यहरुमा रेनुका पन्धाक, मन्जरी लिम्बु, नुमा लिम्बु, सुम्निमा लिम्बु, आनिया लिम्बु, सोना लिम्बु, सबिना लिम्बु र कान्ना लिम्बु चयन भएको छ ।

नव गठित कार्यसमितिलाई मञ्चका केन्द्रीय कोषाध्यक्ष मनकुमार योङहाङ, केन्द्रीय सदस्य सन्तोषी लिङ्देन लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा मञ्चका जिल्ला उपाध्यक्ष दिलहाङ सम्बाहाम्फे, सचिव सन्जय इङनाम, कोषाध्यक्ष छुनु लिम्बु, जिल्ला सदस्य आइतहाङ चेम्जोङ, निरु साम्बा लगायतका जिल्ला समितिको उपस्थिति रहेको जिल्ला सचिव इङनामले. बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु