चुलाचुली, ६ मंसिर ।
इलामको चुलाचुली गाउँपालिकामा पनि सात्तारुढ विद्यार्थी संगठन अनेरास्ववियूको आयोजनामा भारतिय विस्तारवाद विरुद्ध विरोध प्रर्दशन भएको छ । नेपाली भुमी लिपुलेक–कालापानी भारतले हालै जारी गरेको आफ्नो राजनैतिक नक्साबाट तत्काल हटाउन माग गर्दै विद्यार्थीहरुले प्रर्दशन गरेका हुन् ।

अनेरास्ववियू चुलाचुली गाउँपालिका कमिटीको आयोजनामा भएको विरोध र्यालीले चुलाचुली ४ स्थित आईतवारे बजारलाई परिक्रममा गर्दे कोण सभामा परिणत भएर र्याली सम्पन्न भएको थियो । गाउँपालिकाका करिव १५ सय विद्यार्थीको सहभागीता रहेको विरोध र्यालीमा “मोदी सरकार मुर्दावाद” “भारतिय विस्तारवाद मुर्दावाद” “राष्ट्रिय एकता जिन्दावाद” लगायतको नाराहरु विद्यार्थीले लगाएका थिए । वजार परिक्रममा संगै विरोध प्रर्दशन कोण सभामा परिणत भएपछि अनेरास्ववियू इलामका विद्यार्थी नेताहरु साविक अखिल (क्रान्तिकारी)का जिल्ला सह–सचिव नयन राई, साविक अनेरास्ववियु जिल्ला सदस्य तथा चुलाचुली गाउँ कमिटी अध्यक्ष निशेष राई, सविक अखिल (क्रान्तिकारी) का चुलाचुली गाउँ कमिटी अध्यक्ष विजय दंगाल (चन्द्र) ले सम्वोधन गरेका थिए ।

कोण सभालाई सम्वोधन गर्दे साविक अखिल (क्रान्तिकारी)का जिल्ला सह–सचिव नयन राईले भारतिय विस्तारवाद विरुद्धको विरोध प्रर्दशन जिल्लाको सम्पुर्ण स्थानिय तहहरुमा जारी रहेको बताए । भरतिय विस्तारवाद विरुद्धको लडाईमा अनेरास्ववियू चरणबद्ध रुपमा आन्दोलनमा रहने पनि उनले बताए । त्यसैगरी कोणसभालाई सम्वोधन गर्दे साविक अनेरास्ववियु जिल्ला सदस्य तथा चुलाचुली गाउँ कमिटी अध्यक्ष निशेष राईले राष्ट्रिय स्वाधिनताका लागि सम्पुर्ण विद्यार्थी शक्तिहरु एक हुनुपर्ने बताए ।

सिमा रक्षाका लागि अव राज्यका सम्पुर्ण नागरीकहरु एक जुट हुनुको विकल्प नै नरहेको भन्दै उनले देशका सम्पुर्ण स्थानिय तहहरुमा यो प्रकारको दवावमुलक कार्यक्रमको आयोजना गरिनु आवश्यक रहेको बताए ।

