सुसन राई, माङसेबुङ, ११ मंसिर ।
किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६६ औं शुभ–जन्मोत्सवको अवसरमा मंसिर ११ देखि सुरू आत्मानन्द गाेल्डकपमा पाहुना टाेली मानेभञ्जयाङ स्पाेर्टीङ क्लब दार्जिलिङले विजयी सुरूवात गरेकाे छ । माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिसँग भएकाे पहिलाे खेलमा सडनडेथमा दार्जिलिङ खेलकाे दाेस्राे चरणमा प्रवेश गरेकाे हाे ।

माङसेबुङ खेलकुद विकास समिति इलामलाई सडन डेथमा पराजित गर्दै दार्जिलिङ अघिल्लो चरणमा प्रवेश गरेको हो । निर्धारित समयको खेल र टाइब्रेकरमा समेत दुवै टिमबाट बराबरी भएपछि सडनडेथका आधारमा विजेता निर्धारण गरिएको थियो । निर्धारित समयमा दुवै टिमबाट २–२ गोल भएको थियो । टाईब्रेकरमा समेत ५–५ गोलको बराबरी भएपछि विजेता निर्धारण गर्न सडन डेथसम्म पर्खनु परेको थियो ।

पहिलो हाफमा आत्मघाती गोलको उपहार पाउँदै अग्रता लिएको दार्जिलिङले दोश्रो हाफमा कमजोर प्रदर्शन गरेका कारण जिताका लागि सडेन डेथसम्म पर्खनु परेको थियो । पहिलो हाफको ३३ औं मिनेटमा माङसेबुङका रोनिस राईले आत्माघाती गोल गरेपछि दार्जिलिङले अग्रता लिएको थियो । दोश्रो हाफमा खेलको ३७औं मिनेटमा माङसेबुङका प्रविण राईले गोल गरी खेल बराबरमा ल्याए । ४० औं मिनेटमा दार्जिलिङका याङचुङ शेर्पाले गोल गर्दै अाफ्नाे टिलाइ पुनः अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा पुन माङसेबुङका मन्दिप राईले गोल गरी खेल बराबरीमा ल्याएका थिए । त्यसपछि निर्धारित समयमा दुवै टिमबाट गोल हुन सकेन ।

प्रतियोगिता अन्तरगत विहीबार भाङबारी स्पोर्टिङ क्लबझापा र इलाम नगर खेलकुद प्रतिष्ठानबीच प्रतिष्पर्धा हुनेछ । किरातधर्मगुरु आत्मानन्द लिङदेनको ६६औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा इलाम, झापा, सुनसरी, तेह्रथुम, र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ ।

विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँर उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्टगोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्टडिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्टमिड फिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं शुभजन्मोत्सवमा १८ मंसिरमा पुरस्कार वितरणगरिने आयोजकले जनाएको छ । आत्मा–पवित्र हक्चा तयक्चुमको आयोजनामा हुने उक्तप्रतियोगिता सम्पन्नगर्न करिब १७ लाख रुपैयाँखर्च लाग्ने अनुमान गरिएको छ । धर्मगुरु लिङदेनको जन्मोत्सवमा वर्सेनी माङसेबुङमा आत्मानन्दकप खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।

आत्मानन्द गाेल्डकपकाे उद्घाटन समाराेह त्मा–पवित्र हक्चा तयक्चुमका अध्यक्ष मनकुमार आङबुहाङकाे अध्यक्षतामा तथा माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङगाेकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे । प्रमुख अतिथि इधिङगाेले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रममा माङगेना सेवा समितिका अध्यक्ष केहरसिंह याेङहाङ, उपाध्यक्ष मुक्चि साँवा, सचिव शक्ति साम्बा, माङसेबुङ गाउँपालिका वडा नं. ३ का अध्यक्ष मैतराज राई, आत्माानन्द सेइङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हाेम लिङदेन, सहायक प्रमुख अबाेध आङबुहाङ, माङसेबुङ गाउँपालिका वडा नं. ३ का सदस्य इन्द्र सम्बाहाम्फे, माङसेबुङ खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र खजुम लगायतकाे उपस्थिती रहेकाे थियाे ।


