adv

माङसेबुङमा जारी आत्मानन्द गोल्डकपमा आज भाङबारी झापा र इलाम भिडदै

माङसेबुङ, १२ मंसिर । 

इलामको माङ्सेबुङमा जारी आत्मानन्द कपका लागि आज भाङबारी स्पोर्टीङ यूथ क्लब दमक, झापा र इलाम नगर खेलकुद प्रतिष्ठान इलाम बीच हुदैछ । माङसेबुङ ५ काे खेलमैदानमा जारी कपमा आज बिहिबारको खेल दिनको २ बजे हुनेछ । वीजेताले दोस्रो चरणको खेल मिरमिरे युथ क्लब तेह्रथुम र रेडस्टार विर्तामोडबीच भएको बीजेता टीमसँग प्रतिस्पर्धा गर्नेछ ।

माङसेबुङ ५ स्थित खेलमैदान

प्रतियाेगितामा हिजकाे खेलमा माङसेबुङ खेलकुद विकास समिति इलामलाई सडन डेथमा पराजित गर्दै दार्जिलिङ अघिल्लो चरणमा प्रवेश गरेको हो । निर्धारित समयको खेल र टाइब्रेकरमा समेत दुवै टिमबाट बराबरी भएपछि सडनडेथका आधारमा विजेता निर्धारण गरिएको थियो । निर्धारित समयमा दुवै टिमबाट २–२ गोल भएको थियो । टाईब्रेकरमा समेत ५–५ गोलको बराबरी भएपछि विजेता निर्धारण गर्न सडन डेथसम्म पर्खनु परेको थियो ।

पहिलो हाफमा आत्मघाती गोलको उपहार पाउँदै अग्रता लिएको दार्जिलिङले दोश्रो हाफमा कमजोर प्रदर्शन गरेका कारण जिताका लागि सडेन डेथसम्म पर्खनु परेको थियो । पहिलो हाफको ३३ औं मिनेटमा माङसेबुङका रोनिस राईले आत्माघाती गोल गरेपछि दार्जिलिङले अग्रता लिएको थियो । दोश्रो हाफमा खेलको ३७औं मिनेटमा माङसेबुङका प्रविण राईले गोल गरी खेल बराबरमा ल्याए । ४० औं मिनेटमा दार्जिलिङका याङचुङ शेर्पाले गोल गर्दै अाफ्नाे टिलाइ पुनः अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा पुन माङसेबुङका मन्दिप राईले गोल गरी खेल बराबरीमा ल्याएका थिए । त्यसपछि निर्धारित समयमा दुवै टिमबाट गोल हुन सकेन ।

प्रतियोगिताका विजेता टिमलाई नगद २ लाख १ सय ६६ रुपैयाँ तथा उपविजेता टिमलाई नगद १ लाख १ सय ६६ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका सचिव सरिता राईले बताइन् । सचिव राईका अनुसार गोल्डकपमा सर्वा्धिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्टा«इगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचहरुलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६६ औं शुभ–जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नोमाङगेन्ना सेवा समारोहको अवसरमा मसिंर १८ गते पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब १७ लाख खर्च लाग्ने रेडियो माङसेबुङको सभाहलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आङबुहाङले जानकारी दिए । त्यसका लागि भक्तजन र विभिन्न खेलप्रेमी व्यक्ति तथा संघसंस्थाबाट आर्थिक सहयोग संकलन गरिने अध्यक्ष आङबुहाङले बताए ।

आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा आयोजित आत्मानन्द गोल्डकपलाई मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ शुभ–जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोहले हरेक वर्ष आयोजना गर्दै आएको छ । एक दशक पहिले मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द रनिङ गोल्डकप खेलको नगद पुरस्कार राशी यसवर्ष २ लाख १ सय ६६ रुपैयाँ पुगेको हो ।

वि.सं. २०६५ मा गुरुजन्मोत्सव समारोहको उप–समिति खेलकुद विभागको रुपमा किरात साम्यो नालीफुङवा पान्जुम्भोले सुरु गरेता पनि २ वर्ष पछि खेलकुदको दिगो विकास र विस्तार गर्न नालीफुङवा पान्जुम्भोबाट छुट्टै संगठन संरचना बनाई किरात साम्यो हक्चात यक्चुम गठन गरी आत्मानन्द गोल्ड कपको संयोजन गर्दै आएको छ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु