adv

आत्मानन्द कपकाे अन्तिम चारमा भाङबारी स्पाेर्टीङ

माङसेबुङ, १२ मंसिर । 

इलाम जिल्ला माङसेबुङ गाउँपालिकामा जारी आत्मानन्द कपमा भाङबारी स्पाेर्टीङ यूथ क्लब अन्तिम चारमा अाफुलाइ सुरक्षित गरेकाे छ । बिहिबार इलाम नगर खेलकुद प्रतिष्ठानसँग भएकाे खेलमा  १ सुन्यकाे नतिजा निकाल्दै  भाङबारी स्पाेर्टीङ यूथ क्लब दाेस्राे चरणकाे खेलमा प्रवेश गरेकाे हाे ।

भाङबारी स्पाेर्टीङ क्लबकाे तर्फबाट खेलकाे १७अाैं मिनेटमा जर्सि नं. ७ का सनम भुजेलले गाेल गर्दै टिमलाइ अग्रता दिएकाे थियाे । पहिलाे हाफमा इलामले त्यति राम्राे खेल पस्कन सकेकाे थिए । खेलकाे मध्यान्न अघिकाे नतिजा १ सुन्य रहेकाे थियाे । खेलकाे दाेस्राे हाफमा इलाम नगर खेलकुद प्रतिष्ठानले राम्राे प्रदर्शन गरे पनि नतिजा उल्टाउन भने सकेन । इलाम दाेस्राे हाफमा निकै अाक्रमक देखिए पनि गाेल फर्काउन भने सकेन । खेलमा सनम भुजेलकाे गाेल नै निर्णायक गाेल बन्दै भाङबारिले दाेस्राे चरणकाे खेल खेल्ने पक्का गरेकाे हाे

खेलकाे म्यान अफ दि म्याच समेत भाङबारी स्पाेर्टीङ यूथ क्लबका जर्सी नं. ७ का सनम भुजेल घाेषित भएका थिए ।

प्रतियोगिता अन्तरगत शुक्रबार राजाबास यूथ क्लब सुनसरी र ए.एस.सी. अर्जुनधारा झापाबीच प्रतिष्पर्धा हुनेछ । किरातधर्मगुरु आत्मानन्द लिङदेनको ६६औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा इलाम, झापा, सुनसरी, तेह्रथुम, र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ ।

विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँर उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्टगोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्टडिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्टमिड फिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं शुभजन्मोत्सवमा १८ मंसिरमा पुरस्कार वितरणगरिने आयोजकले जनाएको छ । आत्मा–पवित्र हक्चा तयक्चुमको आयोजनामा हुने उक्तप्रतियोगिता सम्पन्नगर्न करिब १७ लाख रुपैयाँखर्च लाग्ने अनुमान गरिएको छ । धर्मगुरु लिङदेनको जन्मोत्सवमा वर्सेनी माङसेबुङमा आत्मानन्दकप खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु