adv

माङसेबुङमा जारी आत्मानन्द कपमा आज राजाबास सुनसरी र झापा भिडदै

माङसेबुङ, १३ मंसिर। 

इलामको माङ्सेबुङमा जारी आत्मानन्द कपका लागि आज राजाबास यूथ क्लब सुनसरी र एएससी अर्जुनधारा झापाबीच प्रतिष्पर्धा हुदैछ ।माङसेबुङ ५ काे खेलमैदानमा जारी आत्मानन्द कपमा आज शुक्रबारकाे खेल दिनको २ बजे हुनेछ । वीजेताले दोस्रो चरणको खेल पहिलाे खेल विजेता पाहुना टाेलि मानेभञ्ज्याङ स्पाेर्टीङ क्लब, दार्जिलिङसँग खेल्नेछ।

माङसेबुङ ५ स्थित खेलमैदान

प्रतियाेगितामा हिज भएकाे खेलमा भाङबारी स्पाेर्टीङ क्लबकाे तर्फबाट खेलकाे १७औं मिनेटमा जर्सि नं. ७ का सनम भुजेलले गाेल गर्दै टिमलाइ अग्रता दिएकाे थियाे । पहिलाे हाफमा इलामले त्यति राम्राे खेल पस्कन सकेकाे थिए । खेलकाे मध्यान्न अघिकाे नतिजा १ सुन्य रहेकाे थियाे । खेलकाे दाेस्राे हाफमा इलाम नगर खेलकुद प्रतिष्ठानले राम्राे प्रदर्शन गरे पनि नतिजा उल्टाउन भने सकेन । इलाम दाेस्राे हाफमा निकै आक्रमक देखिए पनि गाेल गर्न नसक्दा जीतकाे नतिजा गुमाउनु परेकाे थियाे । खेलमा सनम भुजेलकाे गाेल नै निर्णायक गाेल बन्दै भाङबारिले दाेस्राे चरणकाे खेल खेल्ने पक्का गरेकाे हाे । खेलकाे म्यान अफ दि म्याच समेत भाङबारी स्पाेर्टीङ यूथ क्लबका जर्सी नं. ७ का सनम भुजेल घाेषित भएका थिए ।

प्रतियोगिताकाे फाइनल विजेता टिमलाई नगद २ लाख १ सय ६६ रुपैयाँ तथा उपविजेता टिमलाई नगद १ लाख १ सय ६६ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका सचिव सरिता राईले बताइन् । सचिव राईका अनुसार गोल्डकपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचहरुलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

फाइल फाेटाे

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६६ औं शुभ–जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नोमाङगेन्ना सेवा समारोहको अवसरमा मसिंर १८ गते पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब १७ लाख खर्च लाग्ने रेडियो माङसेबुङको सभाहलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आङबुहाङले जानकारी दिए । त्यसका लागि भक्तजन र विभिन्न खेलप्रेमी व्यक्ति तथा संघसंस्थाबाट आर्थिक सहयोग संकलन गरिने अध्यक्ष आङबुहाङले बताए ।

आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा आयोजित आत्मानन्द गोल्डकपलाई मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ शुभ–जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोहले हरेक वर्ष आयोजना गर्दै आएको छ । एक दशक पहिले मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द रनिङ गोल्डकप खेलको नगद पुरस्कार राशी यसवर्ष २ लाख १ सय ६६ रुपैयाँ पुगेको हो ।

वि.सं. २०६५ मा गुरुजन्मोत्सव समारोहको उप–समिति खेलकुद विभागको रुपमा किरात साम्यो नालीफुङवा पान्जुम्भोले सुरु गरेता पनि २ वर्ष पछि खेलकुदको दिगो विकास र विस्तार गर्न नालीफुङवा पान्जुम्भोबाट छुट्टै संगठन संरचना बनाई किरात साम्यो हक्चात यक्चुम गठन गरी आत्मानन्द गोल्ड कपको संयोजन गर्दै आएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु