adv

माङसेबुङमा जारी आत्मानन्द कपकाे सेमिफाइनलका लागि तेह्रथुम र रेडस्टार झापा भिडदै

माङसेबुङ, १४ मंसिर। 

इलामको माङ्सेबुङमा जारी आत्मानन्द कपका लागि आज मिरमिरे याक्थुङ यूवा क्लब तेह्रथुम र रेडस्तार विर्तामाेड झापाबीच प्रतिष्पर्धा हुदैछ ।माङसेबुङ ५ काे खेलमैदानमा जारी आत्मानन्द कपमा आज शुक्रबारकाे खेल दिनको २ बजे हुनेछ । वीजेताले दोस्रो चरणको खेल भाङबारी स्पाेर्टीङ यूथ क्लब झापासँग खेल्नेछ।

यसअघि शुक्रबार भएको तेश्रो क्वार्टरमा सडन डेथमा राजाबास युथ क्लब सुनसरीलाई पाखा लगाउँदै अर्जुनधारा झापा सेमीफाइनल प्रवेश गरिसकेको छ । सडन डेथमा झापाका गोलरक्षक संजय गुरुङले उत्कृष्ठ बचाउ गर्दै टिमलाई जित दिलाएका थिए । सुनसरीका गोलरक्षक पूर्ण चेम्जोङको प्रहारलाई झापाका गोलरक्षक गुरुङले उत्कृष्ठ बचाउ गरेका थिए ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि सडन डेथमा विजेता निर्धारण गर्नुपरको थियो । निर्धारित समयमा दुवै टिमले पाएको दर्जनौं अवसरलाई सदुपयोग गर्न नसक्दा सडन डेथसम्म धकेलिएको थियो । झापाले अब पहिलो सेमीफाइनलमा मानेभञ्ज्याङ स्पोटिङ क्लब दार्जिलिङ भारतसँग खेल्ने पक्का भएको छ ।

फाइल तस्बिर

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा इलाम, झापा, सुनसरी, तेह्रथुम, र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता थियो । प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ ।

विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं शुभजन्मोत्सवमा १८ मंसिरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

आत्मा–पवित्र हक्चात यक्चुमको आयोजनामा हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । धर्मगुरु लिङदेनको जन्मोत्सवमा वर्सेनी माङसेबुङमा आत्मानन्द कप खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु