माङसेबुङ, १४ मंसिर ।
इलाम जिल्ला माङसेबुङ गाउँपालिकामा जारी आत्मानन्द कप १२औं संस्करणमा अाज भएकाे अन्तिम क्वाटर फाइनल खेलमा रेडस्टार यूथ क्लब विर्तामाेड विजयी भएकाे छ । मिरमिरे याक्थुङ यूवा क्लब तेह्रथुमसँग भएकाे खेलमा ३ सुन्यकाे सहज जीत निकाल्दै रेडस्टारले अन्तिम चारमा अाफुलाइ सुरक्षित गरेकाे हाे ।

शनिबार भएको अन्तिम क्वार्टरमा मिरमिरे याक्थुङ क्लब तेह्रथुम विरुद्ध ३–० को सहज सहज जित निकाल्दै विर्तामोड सेमिफाइनलप्रवेश गरेको हो । योसँगै सेमिफाइनल समीकण पूरा भएको छ ।
खेलकाे पहिलाे हाफमा रेडस्टार विर्तामाेडका रमेश राजवंशीले गाेल गर्दै टिमलाइ अग्रता दिएकाे थियाे । दोश्रो हाफमा सुरुवातमै उत्कृष्ठप्रदर्शन गरेको विर्तामोडले मिलन राईको गोलमा अग्रता दोब्बर बनाए । विपक्षीलाई लगातार दवावमा राख्न सफल विर्तामोडले इन्जुरी समयमा समेत पुन रमेश राजवंशीको गोलमा ३–० को सहज जित दर्ता गर्न सफलबन्यो । उता तेह्रथुमलाई रक्षात्मक खेल्न समेत हम्मेहम्मे परेकाे थियो । फल स्वरुप नतिजा झापालाई सुम्पदैं घर फर्कन बाध्य बन्यो । खेलको म्यान आफ दी म्याच विजेता विर्तामोडका रमेश राजवंशी घोषित भए ।

विर्तामोडको भेट सोमबार हुने दोश्रो सेमिफाइनलमा भाङबारी स्पोर्टिङ युथ क्लब दमक झापासँग पक्काभएको छ । आइतबारको पहिलो सेमिफाइनलमा पाहुना टाेली मानेभञ्ज्याङ स्पाेर्टीङ क्लब दार्जिलिङ भारत र एएससी अर्जुनधारा झापाबीच हुनेछ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६औं जन्मोत्सवकाअवसरमा आयोजित प्रतियोगिताको फाइनल १७मंसिरमा हुनेछ ।
विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँर उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्टगोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्टडिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार पाउनेछन् ।

