adv

आत्मानन्द कपकाे पहिलाे सेमिफाइनल आज मानेभञ्ज्याङ र अर्जुनधारा भिडदै

माङसेबुङ, १५ मंसिर । 

किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६६ औं शुभ–जन्मोत्सवको अवसरमा मंसिर ११ देखि सुरू आत्मानन्द गाेल्डकपमा आज पाहुना टाेलि मानेभञ्ज्याङ स्पाेर्टीङ यूथ क्लब दार्जिलिङ र एएससी अर्जुनधारा झापाबीच पहिलाे सेमिफाइनल खेल हुदैछ । माङसेबुङ ५ स्थित खेलमैदानमा जारी आत्मानन्द कपमा आज अाइतबारकाे खेल दिनको २ बजे हुनेछ ।

पाहुना टाेलि मानेभञ्ज्याङ स्पाेर्टीङ यूथ क्लब दार्जिलिङले माङसेबुङ खेलकुद विकास समिति इलामलाई सडन डेथमा पराजित गर्दै दार्जिलिङ सेमिफाइनलमा प्रवेश गरेकाे थियाे । त्यस्तै एएससी अर्जुनधारा स्पाेर्टीङ क्लब झापाले राजाबास सुनसरीलाइ पराजित गर्दै सेमिफाइन खेल खेल्ने पक्क गरेकाे थियाे । दुवै टिमकाे उत्कृष्ट प्रदर्शनीसँगै सेमिफाइनलकाे राउण्डमा प्रवेश गरेकाे हाे । खेलमा विजेता टिम फाइनल प्रवेश गरेसँगै पुरस्कारका लागि एक स्थान भागिदारी सुरक्षित गर्नेछ ।

माङसेबुङ ५ स्थित खेलमैदान

किरातधर्मगुरु आत्मानन्द लिङदेनको ६६औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा इलाम, झापा, सुनसरी, तेह्रथुम, र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ ।

विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँर उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्टगोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्टडिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्टमिड फिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं शुभजन्मोत्सवमा १८ मंसिरमा पुरस्कार वितरणगरिने आयोजकले जनाएको छ । आत्मा–पवित्र हक्चा तयक्चुमको आयोजनामा हुने उक्तप्रतियोगिता सम्पन्नगर्न करिब १७ लाख रुपैयाँखर्च लाग्ने अनुमान गरिएको छ । धर्मगुरु लिङदेनको जन्मोत्सवमा वर्सेनी माङसेबुङमा आत्मानन्दकप खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु