कमल, १५ मंसिर ।
दमक लखपुनर भेट्रान क्लवको आयोजनामा हुने स्व. मेजर टंक राई स्मृती भेट्रान फुटबल प्रतियोगिता २०७६ काे पाँचौ संस्करणका खेलहरू आज आइतबारदेखी सुरू हुदैछ । कमल गाउँपालिका स्थित गुहेश्वरी नि.मा.वि.को खेलमैदानमा हुने भेट्रान फुटबल प्रतियाेगिता अन्तर्गत पहिलाे खेल काकरभिट्टा भेट्रान झापा र चन्द्रगढी भेट्रान झापाबीच हुने भएकाे छ ।
त्यसै गरी आजनै दाेस्राे खेल पनि हुने भएकाे छ । दाेस्राे खेलमा धरान भेट्रान सुनसुरीले युनाइटेड भेट्रान विराटनगरकाे सामना गर्नेछ ।
खेलको पाँचौ संस्करणमा ८ टिमको सहभागिता रहने जनाएको छ । जसमा आयोजक समिति दमक लखनपुर भेट्रान क्लव, काकरभिट्टा भेट्रान झापा, चन्द्रगढी भेट्रान झापा, एभरेष्ट भेट्रान मोरङ, धरान भेट्रान सुनसुरी, युनाइटेड भेट्रान विराटनगर, विर्तामोड भेट्रान झापा र हाम्रो भेट्रान इटहरीको सहभागीता रहने खेल समिति संयोजक मिन मगरले बताए ।
आयोजकले सन २०१४र २०१५ मा राष्ट्रिय स्तरको भेट्रान फुटबल प्रतियोगिता गरेको थियो भने २०१५ र २०१६ मा अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता सम्पन्न गरिसकेको छ । अन्तराष्ट्रिय प्रतियोगितामा नेपालका भेट्रान क्लवहरुसँगै भारत र वंगलादेशका टिमहरुको पनि सहभागिता रहदै आएकाे तर यस वर्ष भने राष्ट्रिय स्तरकाे आयाेजना गरिएकाे आयोजक समितिका अध्यक्ष भोजकुमार राईले बताए ।
प्रतियोगि खेलमा प्रथम हुनेले नगद रु.१ लाख ५ हजार सहित ट्रफि, मेडर र प्रमाण पत्र पाउने छन् भने दोस्रो हुनेले नगर रु.५१ हजार सहित ट्रफि, मेडर र प्रमाण पत्र प्राप्त गर्नेछन् । खेलमा उत्कृष्ट खेलाडी, डिफेन्डर, स्ट्राइक, गोल किपरलाई नगद समिति ट्रफि, मेडल प्रदान गरिने छ भने प्रत्येक खेलमा म्यान अफ दि म्याच प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

