हरप्रहर व्यूराे, १५ मंसिर ।
उप-निर्वाचन २०७६ को मत परिणाम अनुसार नेपाल कयुनिष्ट पार्टी (नेकपा) ले अग्रता लिएको छ । ताजा मत परिणाम अनुसार ३९ वटा स्थानीय तहमा वडाअध्यक्षको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेकपाले २२ स्थानमा जित हात पारेको छ भने नेपाली कांग्रेस ११ स्थानमा जित्दै दोस्रो स्थानमा छ ।
समाजवादी पार्टी र राष्टृय जनता पार्टी (राजपा) समान तीन-तीन स्थानमा विजयी भएका छन् । निर्वाचन आयोगले उपलव्ध गराएको पछिल्लो जानकारी अनुसार कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य, भक्तपुरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ (क) मा मतगणना सुचारु छ । कास्कीमा नेकपाको अग्रता रहेको छ भने भक्तपुरमा कांग्रेसको अग्रता रहेको छ ।
धरान उपमहानगरपालिका प्रमुखको लागि सम्पन्न निर्वाचनको मत गणना प्क्नि जारी छ । धरानमा नेकपाले तीन सय बढी मतको अग्रता लिएको छ । महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदको निर्वाचन मतगणना जारी छ । पिपरामा राजपाको अग्रता देखिन्छ । यस्तै प्रतिनिधिसभा सदस्य बागलुङ निर्वाचन क्षेत्र नं २ (ख) र दाङ प्रदेशसभा सदस्य क्षेत्र नं ३ (ख) को मतगणना आजबाट शुरु हुने भएको छ ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष पदका लागि भएको निर्वाचनको मत गणनाको लागि सर्वदलीय बैठक बसिरहेको जानकारी प्राप्त भएको छ । सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। देशभरका फरक फरक ५२ पदका लागि शनिबार देशैभर निर्वाचन सम्पन्न भएको हो ।

