adv

नेपाल रेडक्रस साेसाइटी लखनपुरकाे ३ दिने तालिम सुरु

कमल, १५ मंसिर ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा लखनपुरको आयोजनामा र कमल गाउँपालिकाको सहयोगमा ३ दिने प्राथमिक उपचार तालिम सुरु भएको छ । नेरेसो लखनपुर उपशाखाको सभाहलमा आज आइतबार एक औपचारिक कार्यक्रम गरी तालिमको सुरु गरिएको हो ।

 

तीन दिन सम्म चल्ने उक्त तालिममा कमल गाउँपालिका भित्रका ७ वडा वडाअध्यक्षको सिफारिसमा १ वडा १ प्रतिनिधि, ७ वटा वडाका ९ वटा विद्यालयका शिक्षक नायक, समुदायबाट २४ जना प्रशिक्षार्थीहरुको सहभागि रहने रेडक्रस उपशाखा लखनपुरका सचिव पारषमणी राईले बताए ।

तालिममा नेरेसो प्रदेश नं. १ का कोषाध्यक्ष ओमप्रकाश गौतम, उप कोषाध्यक्ष प्रकाश चन्द्र खड्का, नेरेसो झापा जिल्ला कोषाध्यक्ष हेम खड्का, हरीशरण खड्का, नेरेसो लखनपुर सचिव पारषमण्ी राईले सहजिकरण गर्ने जनाएको छ ।

तालिममा बिरामी वा घाइतेलाई तत्काल प्राथमिक उपचार प्रदान गर्नका मौखिक कक्षासँगै प्रयोगात्मक कक्षा सञ्चालन हुने जनाएको छ ।

नेरेसो लखनपुर शाखाका अध्यक्ष चन्द्र शाहको सभाध्यक्षमा तथा कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कमल गाउँपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठ, नेरेसो लखनपुरका सल्लाहकार नित्यानन्द ताजपुरीया, पुर्णानन्द शर्मा लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा चन्द्रकला भण्डारीको स्वागत मन्तव्य रहेको थियो भने सचिव पारषमणी राईको सञ्चालन रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु