adv

सुर्याेदय पर्यटन महाेत्सवमा पर्यटकहरूकाे घुइचाे

इलाम, १५ मंसिर । 

सूृर्योदय नगपालिकामा आयोजित ‘प्रथम सूर्र्योदय नगर भरी विभिन्न स्थानमा पर्यटन महोत्सव यतिबेला धुमधामका साथ चलिरहेकाे छ । महाेत्सवकाे दोश्रो दिन आइतबार आन्तरिक र बाह्य पर्यटकहरुको आवतजावत बाक्लो देख्न सकिन्थ्याे । फिक्कल, श्रीअन्तु, कन्याम, पशुपतिनगर, करफोक र गोर्खेमा संचालन भईरहेका महोत्सवमा पर्यटनसँगै विभिन्न कार्यक्रम संचालनमा भइरहेकाे छ ।

जसमध्ये श्रीअन्तुमा पुगेका पर्यटकहरुको पहिलो रोजाईमा ‘बोटिङ’ र ‘फिसिङ’ परेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्नका साथै सूर्योदय नगरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवको दोस्रो दिन अधिकांश पर्यटकहरू अन्तुपोखरीमा ‘बोटिङ’ र ‘फिसिङ’ मा व्यस्त देखिन्थे । आयोजकले पर्यटकका लागि चारवटा डुंगाको व्यवस्था गरेको छ । एक जना व्यक्तिको ५० रुपैयाँ शुल्क लिने गरेको छ । शुल्क तिरेपछि पर्यटकले पोखरी वरिपरि बोटिङ गर्न पाउनेछन् । जिल्ला बाहिर र जिल्लाबाट महोत्सवमा आउने पर्यटकको मनोरञ्जनका लागि आयोजकले डुंगाको व्यवस्था गरेको हो । महोत्सवमा दैनिक सयौँको संख्यामा पर्यटक डुंगा सयर गर्दै मनोरञ्जन लिएका छन् ।

त्यस्तै पर्यटकको अर्को रोजाई ‘फिसिङ’ बनेको छ । पर्यटकहरू बल्छी लिएर पोखरीमा माछा मार्न व्यस्त देखिन्थे । आयोजकले पर्यटकहरुका लागि बल्छीको व्यवस्था गरेको छ । माछा मार्नका लागि एक जनालाई आधा घण्टाको लागि एउटा बल्छीको व्यवस्था गरेको छ । त्यसका लागि आयोजकले एक सय रुपैयाँ शुल्क लिने गरेको छ । शुल्क तिरेपछि पोखरीको माछा आफैँले मार्न पाइने र लैजानसमेत पाइने व्यवस्था आयोजकले मिलाएको छ ।

सूर्योदय नगरपालिकाको अन्तुपोखरीमा फिसिङमा रमाउँदै पर्यटकहरु ।

‘एक सय रुपैयाँ तिरर आधा घण्टा समय माछा मार्न दिन्छौं । त्यसका लागि बल्छी र चारो हामी उपलब्ध गराउँछौं’ व्यवस्थापन समितिका अध्यक्ष कैलास राईले भने, ‘तोकिएको समयमा जति मार्न सक्नुहुन्छ, त्यो माछा उहाँहरुले नै लैजान पाउनुहुन्छ ।’

विहानैदेखि सयौंको संख्यामा फिसिङ गर्न पर्यटकहरु आउने गरेको राई बताउँछन् । पर्यटकीय क्षेत्र अन्तुपोखरीमा अरुबेला फिसिङको व्यवस्था नभएपनि महोत्सवलाई लक्षित गरी त्यस्तो व्यवस्था गरेको हो । अन्य समयमा फिसिङ गर्न नपाइने भएकाले त्यस क्षेत्रका मानिसहरु समेत फिसिङमा नै रमाएका छन् । श्रीअन्तु डाँडाबाट सूर्योदयको दृश्यावलोकन, परम्परागत वस्तुहरुको अवलोकन, फूड स्टलको अवलोकन साथै बोटिङ र फिसिङको कार्यक्रम राखिएको छ ।

सूर्योदय नगरपालिकाले आयोजना गरेको महोत्सव १८ मंसिरसम्म संचालन हुनेछ । महोत्सव अवधिभर सूर्योदयको दृश्यावलोकन, लोपोन्मुख रेडपाण्डा (हाब्रे) को अवलोकन, स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादनको प्रदर्शनी, लाप्चा दरबार अवलोकन, देउराली हाईक, साइकल दौड, फोटो प्रर्दशनी, मौलिक र अर्गानिक परिकारसहितको फुड फेस्टिबल, साहित्यिक–सांस्कृतिक कार्यक्रम, घोडाको सौन्दर्य प्रतियोगिताजस्ता कार्यक्रम भइरहेका छन् ।

महोत्सवमा नेपालका विभिन्न क्षेत्र तथा छिमेकी मुलुक भारतको दार्जिलिङ, सिक्किमलगायतबाट समेत पर्यटकहरुलाई भ्रमण आएका छन् । महोत्सवमा आन्तरिक र बाह्य गरी ५ लाख पर्यटकले आवतजावत गराउने आयोजकको लक्ष्य छ ।

इलामको प्रमुख पर्यटकीय गन्तव्यमध्ये सूर्योदय नगर एक प्रमुख हो । सूर्योदय प्रदेश सरकारले घोषणा गरेको प्रदेश १ को एकमात्र पर्यटकीय नगर र संघीय सरकारले घोषणा गरेको १ सय प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने नगर हो । इलामका कन्याम, श्रीअन्तु, फिक्कल, पञ्चकन्या, पशुपतिनगर, गोर्खे र थुम्केजस्ता पर्यटकीय स्थानहरु यसै नगरमा पर्दछन् । यो नगर अर्थोडक्स चिया, अदुवा, अलैंची, आलु, अम्लिसो, अकबरे खुर्सानी र ओलन (दूध) गरी ७ ‘अ’ को नगरका रूपमा परिचित समेत छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु