कमल, १५ मंसिर ।
दमक लखपुनर भेट्रान क्लवको आयोजनामा आजदेखि सुरू भएकाे स्व. मेजर टंक राई स्मृती भेट्रान फुटबल प्रतियोगितामा काकरभिट्टा भेट्रान क्लब र युनाइटेड भेट्रान विराटनगर विजयी भएकाे छ ।
आज आइतबार भएकाे पहिलाे खेलमा चन्द्रगढी भेट्रान क्लब झापा विरूद्ध काकरभिट्टा भेट्रान क्लबले ४ सुन्यकाे फराकिलाे नतिजा निकाल्दै खेलकाे दाेस्राे चरणमा प्रवेश गरेकाे हाे । काकरभिट्टा भेट्रानका लागि जर्सी नं. ११ का दिलु कार्कीले गाेल गर्दै टिमलार्इ अग्रता दिलाएकाे थियाे । खेलकाे पहिलाे हापमा नै पुनः दिलु कार्कीले नतिजालार्इ दाेब्बर बनाउदै २ सुन्यकाे नतिजा बनाउन सफल भएकाे थियाे ।

खेलकाे दाेस्राे हापमा पनि चन्द्रगढी भेट्रानले सन्ताेषजनक खेल पस्कन नसक्दाकाे फाइदा उठाउदै काकरभिट्टा भेट्रानका जर्सी नंं १७ का नेरेन्द्र खरेलले गाेल गर्दै टिमकाे अग्रता कायम गरेकाे थियाे । खेललार्इ अाफ्नाे पक्षमा राख्न सफल काकरभिट्टाले फेरी अर्काे गाेल थप्दै ४ सुन्यकाे नतिजा कायम गरे । काकरभिट्टाका दिलु कार्कीकाे खातामा ३ गाेल परेकाे थियाे भने खेलकाे म्यान अफ दि म्याच समेत घाेषित भएका थिए ।
त्यस्तै आजभएकाे दाेस्राे खेलमा धरान भेट्रान क्लबले युनाइटेड भेट्रान क्लब विराटनगरकाे सामना गरेकाे थियाे । निकै नै प्रतिस्पर्धात्मक रहेकाे खेलमा पहिलाे हापसम्म खेल गाेल रहित बराबरीकाे नतिजा बाडेकाे थियाे । तर खेल सकिन ३ मिनट बाँकि रहँदा विराटनगरका जर्सी नं. ७ का महेन्द्र विश्वासले हानेकाे गाेलले जालि चुमेपछि भने नतिजा विराटनगरकाे पाेल्टामा गएकाे थियाे । अाक्रमक खेल पस्किएकाे धरानका खेलाडीहरूकाे प्रयासलार्इ विराटनगरका गाेलकिपर छत्रमान कार्कीले बिफल पारिदिएकाे थियाे । खेलकाे म्यान अफ दि म्याच विराटनगरका गाेलकिपर छत्रमान कार्की घाेषित भएका थिए ।

प्रतियाेगितामा भाेलि साेमबार अायाेजक टाेलि दमक लखनपुर भेट्रान र एभरेष्ट भेट्रान मोरङ भिडदै छ भने दाेस्राे खेल विर्तामोड भेट्रान झापाले हाम्रो भेट्रान इटहरीको सामना गर्नेछ ।
खेलको पाँचौ संस्करणमा ८ टिमको सहभागिता रहने जनाएको छ । जसमा आयोजक समिति दमक लखनपुर भेट्रान क्लव, काकरभिट्टा भेट्रान झापा, चन्द्रगढी भेट्रान झापा, एभरेष्ट भेट्रान मोरङ, धरान भेट्रान सुनसुरी, युनाइटेड भेट्रान विराटनगर, विर्तामोड भेट्रान झापा र हाम्रो भेट्रान इटहरीको सहभागीता रहेकाे छ ।
आयोजकले सन २०१४र २०१५ मा राष्ट्रिय स्तरको भेट्रान फुटबल प्रतियोगिता गरेको थियो भने २०१५ र २०१६ मा अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता सम्पन्न गरिसकेको छ । अन्तराष्ट्रिय प्रतियोगितामा नेपालका भेट्रान क्लवहरुसँगै भारत र वंगलादेशका टिमहरुको पनि सहभागिता रहदै आएकाे तर यस वर्ष भने राष्ट्रिय स्तरकाे आयाेजना गरेकाे हाे ।
प्रतियोगि खेलमा प्रथम हुनेले नगद रु.१ लाख ५ हजार सहित ट्रफि, मेडर र प्रमाण पत्र पाउने छन् भने दोस्रो हुनेले नगर रु.५१ हजार सहित ट्रफि, मेडर र प्रमाण पत्र प्राप्त गर्नेछन् । खेलमा उत्कृष्ट खेलाडी, डिफेन्डर, स्ट्राइक, गोल किपरलाई नगद समिति ट्रफि, मेडल प्रदान गरिने छ भने प्रत्येक खेलमा म्यान अफ दि म्याच प्रदान गरिने आयोजक समितिले जनाएको छ ।
कमल गाउँपालिका स्थित गुहेश्वरी नि.मा.वि.को खेलमैदानमा हुदैछ ।

