माङसेबुङ, १६ मंसिर ।
किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६६ औं शुभ–जन्मोत्सवको अवसरमा मंसिर ११ देखि सुरू आत्मानन्द गाेल्डकपमा आज भाङबारी स्पाेर्टीङ यूथ क्लब दमक र रेडस्टार विर्तामाेड झापाबीचकाे सेमिफाइनल खेल हुदैछ । माङसेबुङ ५ स्थित खेलमैदानमा जारी आत्मानन्द कपकाे सेमिफाइनल खेल दिनको २ बजे हुनेछ ।

इलाम नगर खेलकुद प्रतिष्ठानसँग भएकाे खेलमा १ सुन्यकाे नतिजा निकाल्दै भाङबारी स्पाेर्टीङ यूथ क्लब दमक सेमिफाइनल प्रवेश गरेकाे थियाे भने रेडस्टार विर्तामाेड झापाले मिरमिरे याक्थुङ यूवा क्लब तेह्रथुमसँग ३ सुन्यकाे सहज जीत निकाल्दै सेमिफाइनल प्रवेश गरेकाे हाे । विजेता टिमले पाहुना टाेलि मानेभञ्ज्याङ स्पाेर्टीङ क्लब दार्जिलिङसँग १७ गते फाइनल खेल खेल्नेछ ।

विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँर उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्टगोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्टडिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्टमिड फिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं शुभजन्मोत्सवमा १८ मंसिरमा पुरस्कार वितरणगरिने आयोजकले जनाएको छ । आत्मा–पवित्र हक्चा तयक्चुमको आयोजनामा हुने उक्तप्रतियोगिता सम्पन्नगर्न करिब १७ लाख रुपैयाँखर्च लाग्ने अनुमान गरिएको छ । धर्मगुरु लिङदेनको जन्मोत्सवमा वर्सेनी माङसेबुङमा आत्मानन्दकप खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।

