adv

आत्मानन्द कप १२औं संस्करणकाे फाइनल खेल आज हुदै

माङसेबुङ, १७ मंसिर ।

इलामको माङ्सेबुङमा मंसिर ११ गते देखि सुरू भएकाे आत्मानन्द कपकाे फाइनल खेल आज मंगलबार हुदैछ । किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६६ औं शुभ–जन्मोत्सवको अवसरमा मंसिर ११ गते देखि गोल्डकपको १२ औं संस्करण सञ्चालन भइरहेकाे छ ।

फाइनल खेलमा नेपाल  र भारतकाे प्रतिस्पर्धा हुने भएकाे छ । पाहुना टाेली मानेभञ्ज्याङ स्पाेर्टीङ क्लब दार्जिलिङ भारत र भाङबारी स्पाेर्टीङ क्लब दमकले उपाधीका लागि प्रतिस्पर्धा गर्दैछ । पाहुना टाेली मानेभञ्ज्याङले सेमिफाइनलमा एएससी अर्जुनधारा झापा विरुद्ध २–० को सहज जित निकाल्दै फाइनल प्रवेश गरेकाे हाे ।

पाहुना टाेली मानेभञ्ज्याङ स्पाेर्टीङ क्लब दार्जिलिङका खेलाडीहरू

सेमिफाइनल खेलमा पहिलो हाफमा १ नै अग्रता कायम गर्न सफल दार्जिलिङले दोश्रो हाफमा अग्रता दोब्बर बनाउँदै सहजै फाइनलको यात्रा तय गरेको हो । खेलको २२ औं मिनटमा नै दार्जिलिङका आशिस राईले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल खाएको झापा दोस्रो हाफमा समेत खेलमा फर्कन सकेन । विपक्षीलाई निरन्तर दवावमा राख्न सफल दार्जिलिङले ६० औं मिनटमा अग्रता दोब्बर बनायो । पुजन राईले टिमका तर्फबाट दोश्रो गोल गरी टिमलाई २–० को सहज जित दिलाएकाे थियाे ।

त्यस्तै अर्काे सेमिफाइनल खेलमा रेडस्टार विर्तामोड झापालाई पराजित गर्दै भाङबारी स्पोर्टीङ यूथ क्लब फाइनल प्रवेश गरेको हो । भाङबारी स्पोर्टीङ दमकले रेडस्टार विर्तामोड विरुद्ध २–१ को नतिजा निकाल्दै फाइनल खेलमा आफ्नो स्थान सुरक्षित गरेको थियाे ।

भाङबारी स्पोर्टीङ यूथ क्लब दमक झापाका खेलाडीहरू

पहिलो हाफ गोलरहित बराबरी खेलेको दुवै टिम दोस्रो हाफमा आक्रमक खेल प्रदर्शन गर्यो । ५९ औं मिनटमा कर्ण लिम्बूको गोलबाट दमकले अग्रता लियो । ६७ औं मिनटमा विकास बस्नेतको गोलबाट पुनः दमकले अग्रता दोब्बर बनायो । यता विर्तामोडका तर्फबाट भने खेलको ७३ औं मिनेटमा बबिन बोहोराले सान्तावना गोल फर्काए पनि नतिजा भाङबारी स्पाेर्टीङलाई सुम्पिएकाे थियाे ।

भाङबारी स्पाेर्टीङ क्लब दमक र पाहुना टाेली मानेभञ्ज्याङबीचकाे खेल निकै राेमाञ्चक हुने विश्वास गरिएकाे छ ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६६ औं शुभ–जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नोमाङगेन्ना सेवा समारोहको अवसरमा मसिंर १८ गते पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा आयोजित आत्मानन्द गोल्डकपलाई मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ शुभ–जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोहले हरेक वर्ष आयोजना गर्दै आएको छ । एक दशक पहिले मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट थालनी गरिएको यस आत्मानन्द रनिङ गोल्डकप खेलको नगद पुरस्कार राशी यसवर्ष २ लाख १ सय ६६ रुपैयाँ पुगेको हो ।

वि.सं. २०६५ मा गुरुजन्मोत्सव समारोहको उप–समिति खेलकुद विभागको रुपमा किरात साम्यो नालीफुङवा पान्जुम्भोले सुरु गरेता पनि २ वर्ष पछि खेलकुदको दिगो विकास र विस्तार गर्न नालीफुङवा पान्जुम्भोबाट छुट्टै संगठन संरचना बनाई किरात साम्यो हक्चात यक्चुम गठन गरी आत्मानन्द गोल्ड कपको संयोजन गर्दै आएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु