adv

अन्याय, विभेद र असमानताले बिद्रोह जन्माउँछ – उपाध्यक्ष मगर

सिन्धुली, ६ पुष ।

नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष नवीन रोक्का मगरले अन्याय, विभेद र असमानताले बिद्रोहको जन्म गराउने बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आयोजना गरेको ‘आदिवासी जनजातिको सवाल र सञ्चार माध्यमको भूमिका’ विषयक राष्ट्रिय संवाद कार्यक्रममा मगरले सो कुरा बताएका हुन् । “अन्यायमा परेका र आवाज विहिनहरुको आवाजलाई बुलन्द गर्ने कलमको मसि नसुकोस्” उनले भने, “पुर्खौली भूमिमा पहिचान सहित आत्म सम्मानका साथ बाँच्न पाउनु समृद्धि हो ।”

नेपाल आदिवासी जनजाति महिला महासंघका केन्द्रीय अध्यक्ष चिनीमाया माझीले महिलाहरु विभेद र हिंसामा पर्नुको मुख्य कारण खोजी गर्न जरुरी रहेको बताईन् । कार्यक्रमका वक्ताहरुले व्यवहारिक रुपमा समानता र समावेशी नभएको बताए । विशेष संरक्षित र विशेष स्वायत्त क्षेत्र कायम हुन नसकेको र सार्वजनिक बिदामा समेत विभेद कायमै रहेको उनीहरूले बताए ।

फोनिजका वरिष्ठ उपाध्यक्ष गजुरधन राईले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष काजीमान थिङ, नेपाल आदिवासी जनजाति युवा महासंघका सचिव किरण श्रेष्ठ, एआइपीपीका महासचिव चन्द्र थापा, नेपाल सरकार न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले मन्तव्य राखेका थिए ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका अध्यक्ष गोविन्द आचार्यको उपस्थितिमा ‘न्युनतम पारिश्रमिकको कार्यान्वयनमा, मिडिया सञ्चालकका समस्या’ सम्बन्धी अन्तर संवाद कार्यक्रम समेत गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजनामा आइतबार र सोमबार सञ्चालन हुने राष्ट्रिय भेला कार्यक्रमको पहिलो दिन आइतबारको कार्यक्रम फोनिजका संघीय अध्यक्ष डण्ड गुरुङको अध्यक्षता भएको थियो ।

दोस्रो दिन सोमबार प्रतिनिधिहरुले संयुक्त ऐतिहासिक स्थल सिन्धुली गढीको स्थलगत भ्रमण, औपचारिक उद्घाटन र राष्ट्रिय भेलाको बन्द सत्र सञ्चालन हुने फोनिजका संघीय सचिव कमन देवानले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु