adv

सहिद छत्र सावदेनकाे १८ औ स्मृती दिवस माङसेबुङमा

माङसेबुङ, ६ पुष । 

द्वान्दकालमा सहिद भएका किरात सहिद छत्र सावदेनकाे १८ औ स्मृती दिवस मनाइएको छ । किरात साम्यो नालिफूङ्वा मुजोत्लुङ पान्जुम्भोको भवनमा आइतबार सावदेनकाे सम्झनामा स्मृती दिवस मनाइएको हो ।

कार्यक्रमकाे प्रमुख अतिथि समेत रहनुभएकी किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा समितिका उपाध्यक्ष कमला तुम्बापोल सावदेनले किरात धर्मप्रति पुर्याएको योगदानको चर्चा समेत गरेकी थिइन् ।

कार्यक्रममा बिशेष अतिथि सेइङ आत्मानन्द बहुमुखी क्याम्पस प्रमुख होमबहादुर लिङ्देन किरात साम्यो माङ्सेवासावा मुजोत्लुङ पान्जुम्भोका सचीव सन्चहाङ सम्बाहाम्फे कोषाध्यक्ष प्रकास सावदेन रेडियो माङसेबुङका सेन्छेहाङमा एवाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा उपस्थित अतिथिहरुले तत्कालीन द्वन्दकालमा तात्कालीन माओवादी द्वारा मारिएका शहिदहरु टेकबाहादुर अन्छङ्बो(ताप्लेजुङ), नरध्वोज लाओती(पान्थर), कृतिमान एवाई(इलाम), नरप्रसाद लिङ्देन(ताप्लेजुङ), सहित पाँच जना शहिदहरुको तस्बिरमा माल्यणपन गरी सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरेका थिए ।

सहिद छत्र सावदेनको बि.स. ०५९ साल पुस ६ गते माङ्सेबुङ बाट कार्यक्रम सकेर घर फर्किने क्रममा जितपुर बाट तात्कालीन माओवादी द्वारा अपहरण गरी दानाबारीको सहबिरे जंगलमा निर्मम्तापूर्वक हत्या गरिएको थियो । कार्यक्रम दिपक तिगेला लिम्बुको अध्यक्षतामा योगेस लाओतिले संचालन गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु