adv

अध्यक्षकप लिग : वडा नम्बर ३ समूह विजेता बन्दै सेमिफाइनलमा

चुलाचुली, ६ पुष ।

इलामको चुलाचुली गाउँपालिकामा जारी अध्यक्षकप लिग फुटबल प्रतियोगितामा वडा नम्बर ३ विजयी बनेको छ ।

समूह ‘ख’ अन्तरगत आइतबार भएको खेलमा २-० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ५ विजयी बनेको छ । जितसँगै वडा नम्बर ५ ले ३ अंक जोड्न सफल भएको छ ।

पहिलो हाफको खेलको २५ औं मिनेटमा नै वडा नम्बर ३ का शुसिल केरूङले पहिलो गोल गर्दै टिमलार्इ अग्रता दिलाएका थिए । दोस्रो हाफमा समेत उत्कृष्ठ प्रदर्शन गर्द‌ै ५७ औं मिनेटमा पुनः शुसिल केरुङले नै गोल गर्दै टिमलाई २-० को नतिजा निकाल्दै जित दिलाएका थिए ।

जितसँगै वडा नम्बर ३ समूह ‘ख’ को तर्फबाट विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार समूह ‘क’ अन्तरगत वडा नम्बर ४ र वडा नम्बर ६ बीच  प्रतिस्पर्धा हुनेछ ।

चुलाचुली गाउँपालिकाको प्रायोजन तथा चुलाचुली खेलकुद समितिको आयोजनामा सुरु भएको प्रतियोगिताका प्रथमले पुरुषतर्फबाट ५० हजार र दोस्रोले ३० हजार साथै ट्रफ्री, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिता चुलाचुली २ स्थित पंञ्चकन्या आधारभूत विद्यालयको खेलमैदान भइरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु