adv

उपेन्द्र यादवले मन्त्रिपरिषदमा लगेको संविधान संशोधन प्रस्ताव जस्ताकाे तस्तै

काठमाडौं, ८ पुष ।

संविधान संसाेधन गर्ने सर्तमा सरकारमा सहभागि भएकाे समाजवादी पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषद् बैठकमा लगको संविधान संशोधन प्रस्ताव सार्वजनिक भएको छ । यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल नै नगरीकन संविधान संशोधन प्रस्ताव ल्याएपछि ओली आक्रोशित भएका थिए ।

मन्त्रिपरिषद् बैठकमा ओलीले यादवको प्रस्तावलाई बाहिर चर्चाका लागि ल्याइएको बताए । तत्काललाई संविधान संशोधन हुन नसक्ने ओलीले प्रष्ट पारे । यादवको निजी सचिवालयले भने उक्त प्रस्ताव सार्वजनिक गरेको छ ।

नेपालकाे संविधानमा सुधार गर्नु पर्ने विषयहरू तयार गरी संशाेधनकाे मस्याैदा समेत तयार गरी नेपाल सरकार समक्ष सुझाव पेश गर्ने एक विज्ञ टाेलिकाे गठन गर्ने भनि प्रस्तावना गरिएकाे प्रस्तावमा उल्लेख छ । जसमा नेपालकाे ख्यातिप्राप्त संविधानविद वा पूर्व न्यायधिसमध्येबाट नेपाल सरकारले ताेकेकाे व्यक्ति अध्यक्ष रहने गरी अन्य सदस्यहरूमा नेपाल कानून अायाेगका अध्यक्ष र उपाध्यक्ष, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ताेकेकाे संविधानविद ३ जना र कानून सचिवहरूमध्येबाट मन्त्रालयले ताेकेकाे व्यक्ति सदस्य सचिव रहने गरी एक विज्ञ टाेलिकाे गठन गरी सुझाव पेश गर्न प्रस्ताव पेश गरिएकाे जनाएकाे छ ।

मन्त्रिपरिषद बैठकमा पेश गरिएकाे पत्र जस्ताकाे तस्तै ः

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु