adv

समाजवादीले सरकार छाड्याे, टुट्याे २ बुँदे सहमती

काठमाडौं, ८ पुष ।

संविधान संशाेधनका लागि २ बुँदे सहमती गरेर सरकारमा सहभागी भएकाे समाजवादी पार्टीले सरकार छाडेकाे छ । उपप्रधान तथा कानूनमन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषदमा संविधान संशाेधनका लागि लगेकाे प्रस्ताव प्रधानमन्त्रीले छलफलमा राेक गलाएपछि समाजवादी पार्टीकाे २ बुँदे सहमती समेत टुटेकाे छ । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादीले प्रधानमन्त्रीसँग असन्तुष्टि जनाउँदै सरकार छाडेको हो ।

उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहमद इस्तियाक राईले पदबाट राजिनामा दिएका छन । सरकारमा सहभागी हुँदा भएको सहमति अनुसार संविधान संशोधनको प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्नै नदिएपछि सरकार छाडेको समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले बताए ।

उनले दुईबुँदे सम्झौताबाट सरकार पछि हटेको पनि बताए । संविधान संशोधनका बारे पटक पटक प्रधानमन्त्रीसँग राख्दा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर राजीनामा दिएको उनले बताए ।

सरकार दुईबुँदे सहमतिबाट पछि हटेको र सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएकाले राजिनामा दिएको मन्त्री यादवले दिएको राजीनामा पत्रमा उल्लेख छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु