adv

काेयी/काेयू राई साेदेल किमकाे एकताकाे प्रथम राष्ट्रिय अधवेशन दमकमा हुने

दमक, ९ पुष ।

किरात काेयी/काेयू राई साेदेल किमकाे एकताकाे प्रथम राष्ट्रिय अधवेशन दमकमा हुने भएकाे छ । यहि पुष १२ गते देखी सुरू हुने एकता प्रथम राष्ट्रिय अधिवेशन दमकिस्थित किरात भवनमा हुने भएकाे छ ।

किरात राई जातिभित्र पर्ने कोयी/कोयूहरु भित्रपनि ९ वटा पाछाहरू रहेकाे छ । भाैगाेलिक क्षेत्रअनुसार विभिन्न स्थानमा काेयी काेयूहरू संगठित हुँदै पाछागत भाषामा संस्थाकाे नाम रहेकाे थियाे । याे पहिलाे एकताकाे राष्ट्रिय अधिवेशनले सबै टुङ्गाे लगाउदै एकिकृत गर्ने  किरात कोयी/कोयू राई सोदेल किमका केन्द्रीय सचिव भीमराज राईले बताए ।

विश्वमा छरिएर रहेका काेयी काेयू राईहरू एकताबद्ध होऔं, काेयी भाषा, संस्कार र संस्कृितकाे संरक्षण गराैं । भन्ने मुल नाराका साथ सम्पन्न हुन लागेकाे एकताकाे प्रथम अधिवेशनमा नेपालका  झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, खोटाङ, भोजपुर, ओखलढुङ्गा, उदयपुर, सोलुखम्बुसहित काठमाण्डौं, ललितपुर, भक्तपुर लगायत केही विदेशबाट पनि अधिवेशनमा सहभागी हुने प्रतिनिधि आउने जनाएकाे  छ ।

एकताकाे प्रथम राष्ट्रिय अधिवेशनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा रहेकाे व्यवस्थापन समितिका सदस्य शरण राईले बताए । दुई दिनसम्म चल्ने अधिवेशनमा करिब २ लाख ५० हजार खर्च हुने अनुमान गरिएकाे छ ।

अधिवेशनकाे अवसरमा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम साथै काेयी काेयूकाे तेस्राे बंशावली विमाेचन कार्यक्रम समेत रहेकाे जनाएकाे छ ।
Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु