भूमिका सुब्बा, मेचीनगर, ९ पुष ।
मेचीनगरकाे धुलाबारीमा तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सव आज बुधबारदेखि सुरू भएकाे छ । मेची उधोग बाणिज्य संघको आयोजनामा सुरू भएकाे महाेत्सव मेची उद्याेग वाणिज्य संघका अध्यक्ष ऋषीराज तिम्सिनाकाे अध्यक्षतामा तथा १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईकाे प्रमुख आतिथ्यतामा उद्घाटन समाराेह सम्पन्न भएकाे हाे । हेलिकप्टर देखी पुष्पवृष्टि गरी महाेत्सवकाे उद्घाटन गरिएकाे छ ।

महाेत्सवकाे उद्घाटन समाराेहमा प्रमुख अतिथि समेत रहेका १ नं. प्रदेशका मुख्यमन्त्री राईले १ नं. प्रदेशलाई देशकै उत्कृष्ट पर्यटकका लागि गन्तव्यकाे रूपमा विकास गर्ने बताएका छन् । उनले भने– पर्यटन वर्ष २०२० लाई सफल पार्न र नेपालमा समेत पर्यटनका लागि गन्तव्यकाे क्षेत्रकाे रूपमा विकास गर्न प्रदेश सरकार प्रतिवद्ध रहेकाे बताए ।
नेपाल लगायत भारतका दार्जिलिङ, आसाम तथा पश्चिम वंगाल र भुटानबाट व्यवासायी तथा पर्यटकहरुले महोत्सवमा अवलाेकन गर्ने लक्ष्य राखी सुरू गरिएकाे महाेत्सवमा पहिलाे दिन पर्यटक, दर्शकहरूकाे निकै घुइचाे देख्न सकिन्थ्याे । उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाहरू आफ्नाे संस्थाकाे व्यानर सहित सहभागि भएका थिए ।

महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरुकाे साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरी सहभागीहरुलाई मनोरञ्जन प्रदान गरिने जनाएकाे छ। आज पहिलाे दिन कलाकार कमल खत्री र एन्जिला रेग्मीले सांगितिक मनाेरञ्जन प्रदान गर्ने जनाएकाे छ ।
त्यस्तै भाेलि पुष १० गते निकिता थापा, सेन्डि एण्ड फ्युजनिष्ट, गायक यम बराल, कमल रसाइली, पुष ११ गते कलाकार राजा राजेन्द्र, गायक प्रकाश सपुत र प्रिती आले, पुष १२ गते हास्यकलाकार मनोज गजुरेल, गायक सुगम पोखरेल र गायीका आस्था राउत, पुष १३ गते कर्मा ब्यान्ड र गायक प्रितम आचार्य, पुष १४ गते गायीका इन्दिरा जोशी , गायक उत्तमजंग लावती, कृष्ण काफ्ले, पुष १५ गते राजनराज शिवाकोटी र गायीका मेलिना राई, पुष १६ गते गायक प्रमोद खरेल र लाहुरे र पुष १७ गचे एड्रिन प्रधान ब्यान्ड र गिरिस खतिवडाले मनाेरञ्जन प्रदान गर्ने भएका छन् ।
१ लाख ५० हजार पर्यटक भित्रयाउने लक्ष्यका साथ आयोजना गरिएको सो महोत्सवमा आर्थिक सम्बृद्धिको मुख्य हबको रुपमा बिकास गर्न यो महोत्सवले टेवा पुर्याउने बताइएको छ । महोत्सव भरी आर्थिक सम्बृद्धिलाई महत्व दिदै फरक फरक समयमा विज्ञहरुको उपस्थितीमा सेमीनार तथा छलफल जस्ता कार्यक्रम आयोजना समेत गरिने छ ।

