adv

साइनो साकोसको स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान

झिलझिले, ३ माघ ।

साइनो बचत तथा ऋण सहकारी संस्थ लिमिटेडले आफ्नो ५औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रम आज शुक्रबार झिलझिले स्थित संस्थाको कार्यालय परिसरमा गरिएको हो ।

बिहान ८ बजे देखी सुरु भएको रक्तदान कार्यक्रम दिउँसो १२ बजे सम्म सञ्चालन भएको थियो । वर्षातका कारण कार्यक्रममा आंशिक प्रभाव परे पनि ३३ पुरुष र १२ महिला गरी ४५ जनाले रक्तदान गरेको साइनो साकोसका सचिव अनिलदेव राईले बताए ।

२०७१ सालमा स्थापना भएको संस्थाको केन्द्रीय कार्यालय शिवसताक्षी नगरपालिका वडा नं. ८ स्थित झिलझिले बजारमा रहेको छ । सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै संस्थाले शिवगञ्ज बजार र मंगलबारे बजारमा समेत शाखा कार्यालय विस्तार गरी सेवा प्रदान गर्दै संस्थाका उपाध्यक्ष विशाल शेर्माले बताए ।

संस्थाले आर्थिक कारोबारसँगै सामाजिक काममा समेत सधै सहभागीता जनाउदै आएको र संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम राखिउको संस्थाका अध्यक्ष विकेन मेन्याङबोले बताए ।

सतासीधान जेसिज र समाजसेवा झिलझिलेको सहकार्यमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोग रहेको थियो । रक्तदाताहरुलाई धन्यवाद पत्र प्रदान समेत गरिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु