माङसेबुङ ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन यति बेला सबै नेपाली एकसाथ लागिरहेको छ । पर्यटन सम्बन्धी काम गर्ने संघसंस्था होस या जनप्रतिनिधि सबै क्षेत्रका व्यक्तिहरु भ्रमण वर्षलाई सफलिभुत बनाउन तल्लिन छन् ।

भ्रमण वर्षलाई सफल बनाउदै आन्तरिक पर्यटन क्षेत्रको खोजि गरी विकास र प्रवद्धनमा यति बेला प्राय धेरै स्थानीय सरकाहरु लागिपरेका छन् । यस्तै माङसेबुङ गाउँपालिका वडा नं. ६ मा पनि आन्तरिक पर्यटन क्षेत्रको प्रवद्धन गर्ने हेतुले वडा अध्यक्ष सहितको टोलीले आज शुक्रबार पाङमुहाङ गुफासम्मको यात्रा गरेको छ ।

माङसेबुङ गाउँपालिका वडा नं. ६ स्थित कुसुण्डे देखी दक्षिण २ घण्टा जति पैदल यात्रा गरेपछि यस गुफामा पुग्न सकिन्छ । वडा भित्रको यस सुन्दर पर्यटकिय स्थानलाई प्रचार प्रसार गरी आन्तरिक तथा वाह्य पर्यटकहरु भित्राउन सकिने भ्रमण टोलीका सदस्य तथा नेकपा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।
तस्वीर सुदिप राईको फेसबुकबाट

