सहिद परिवारको आँसु
हजारौं सपना देखाएर,
युद्ध लड भन्यौं प्रचण्ड तिमिले
हामी लडाकु भइ लडि रहयौ
तिम्रो इसारामा दिन रात नभनी
जिउदो लास भइ युद्ध भुमीमा बढि रहयौ
सम्झ हिजका ती दिनहरु
जुन आंट र भरोसाले भरिएको थियो
एउटा सुन्दर शान्त नेपाल बनाउने
अभियान तिमी सङ्गै थियो
तर आज तिम्रा सोचहरु बद्लिए
तिमिले देखाएका सपनाहरू बद्लिए
किन बद्लियौ प्रचण्ड तिमी यति सजिलै
के तिम्रो युद्ध १७ हजारलाई
सहिद बनाउनु मात्रै थियो र ??
तिमिले गर्दा हजारौं आमाको
कोख रितिएका छन ती रणभुमीमा
कयौ महिलाहरूको सिउंदो पुछिएका छन
ती रणभुमीमा
आज किन चुप लाग्छौ भन प्रचण्ड ??
तिमिलाइ थाहा हुदा हुँदै पनि
किन वास्ता गरेनौ ती सहिदका सन्ततिहरुलाइ
अन्धकारमा रुमलिएका भविस्यहरुलाइ
तर के देख्छौ? प्रचण्ड तिमी
स्वार्थको पट्टिले बाधिएको आखांले
प्रचण्ड साच्चै तिमी महान छौं
सहिदको परिवारलाई बिचल्ली बनायौ
खै के गर्न सक्यौं र आज हाम्रो लागि ??
सहिद ,वेपत्ता घाइते परिवारलाई मरे तुल्य बनायौं
रितिएका कोखहरुले अब रित्तो बनाउने छ तिमिलाइ
सहिदहरुको रगतले धिकार्ने छ तिमिलाइ
सम्झ त्यो दिन कालो रात बन्ने छ तिम्रो लागि
छट्पटाइ रहेको तिम्रो आत्मा देखेर
सहिदहरु पनि खित्का छाडेर हास्ने छ त्यो दिन ।
सहिद कमरेड स्व. तविन राई (ज्वाला)को बहिनी रूपमनि चाम्लिङले लेख्नुभएको कविता ।


