माङसेबुङ ।
माङसेबुङमा जारी वडास्तरीय महिला फुटबल प्रतियाेगिता अन्तर्गत आज शुक्रबार वडा नं. ४ र वडा नं. २ बीच पहिलाे सेमिफाइनल खेल हुनेछ । दिउसाे १ बजे देखी हुने प्रतियाेगिता माङसेबुङ गाउँपालिका वडा नं. २ स्थित डाेलटार खेलमैदानमा हुनेछ । महिला फुटबल प्रतियाेगितासँगै वडास्तरीय पुरूष भलिबल प्रतियाेगिता पनि सञ्चालन भइरहेकाे छ ।
महिला फुटबल खेलका लागि प्रति खेल ८ हजार फेयर रकम प्रदान गरिने बताइएकाे छ । प्रतियाेगितामा प्रथम हुनेले नगद ३० हजार सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलकाे दाेस्राे स्थान हासिल गर्ने टिमले २० हजार नगद सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
वडास्तरीय पुरूष भलिबल खेलमा प्रति खेल २ हजार फेयर रकम प्रदान गरिने बताइएकाे छ । प्रतियाेगितामा प्रथम हुनेले २५ नगद हजार सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलकाे दाेस्राे स्थान हासिल गर्ने टिमले २० हजार नगद सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
माङसेबुङ खेलकुद विकास समितिलेकाे अायाेजनाा हुने महिला फुटबल प्रतियाेगिताबाट गाउँपालिकास्तरीय महिला फुटबल खेलाडी छनाैट समेत गरिने माङसेबुङ खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए । अन्तरवडा महिला फुटबल खेल सञ्चालन गरी गाउँपालिका स्तरीय खेलाडी छनौट गरी पबित्रहाङमा गोल्ड कपमा सहभागी गराइने बताएका छन् ।
माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा वार्षिक रुपमा सञ्चालन हुदै आएको छ । बुधबार देखी जारी प्रतियोगिता माङसेबुङ गाउँपालिका वडा नंं. २ को डोलटार खेलमैदानमा भइरहेको छ ।

