माङसेबुङ, १७ माघ ।
माङसेबुङमा जारी वडास्तरीय महिला फुटबल प्रतियोगितामा वडा नं. २ फाइनल प्रवेश गरेको छ । आज शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नं. २ ले वडा नं. ४ लाई १ का विरुद्ध ४ गोलको नतिजा निकाल्दै वडा नं. २ ले फाइनल खेल्ने पक्का गरेको हो ।

सेमिफाइनलको पहिलो खेल खेलेको वडा नं. २ को तर्फबाट ७औं मिनेटमा जर्सी नंं १७ का सुमन्ता राईले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । खेलको सुरुवातीमा निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा वडा नं. ४ को तर्फबाट खेलको ११औं मिनेटमा जर्सी नंं १० का सबिना लिम्बुले जवाफि गोल गर्दै नतिजालाई बराबरीमा ल्याएकी थिइन् । तर वडा नंं २ का जर्सी नं. १२ का बिनिता राईले गोल गर्दै पुनः टिमलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा २–१ को नतिजा कायम रहेको थियो ।
खेलको दोस्रो हाफमा भने वडा नं. २ का खेलाडीहरुको निरन्तर दबावका कारण वडा नंं ४ का खेलाडीहरुले खेललाई आफ्नो पक्षमा राख्न सकेन । वडा नं. ४ का खेलाडीहरुले रक्षात्मक स्थितिमा खेलेको फाइदा उठाउदै वडा नं. २ का जर्सी नं. २२ का अमिता राईले ४७औं मिनेटमा गोल गर्दै नतिजा फराकिलो बनाएको हो । खेलको ५५ औं मिनेटमा वडा नं. २ का बिनिता राईले गोल गर्दै ४–१को नतिजा कायम गरेकी थिइन् ।
वडा नंं. ४सँगको सहज जितसँगै वडा नं. २ फाइलन प्रवेश गरेको हो । भोलि हुने वडा नं. ६ र वडा नं. ५ को सेमिफाइनल खेलको विजयी टिमसँग फाइनल खेल माघ २० गते खेल्नेछ ।
महिला फुटबल खेलका लागि प्रति खेल ८ हजार फेयर रकम प्रदान गरिने बताइएकाे छ । प्रतियाेगितामा प्रथम हुनेले नगद ३० हजार सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलकाे दाेस्राे स्थान हासिल गर्ने टिमले २० हजार नगद सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
वडास्तरीय पुरूष भलिबल खेलमा प्रति खेल २ हजार फेयर रकम प्रदान गरिने बताइएकाे छ । प्रतियाेगितामा प्रथम हुनेले २५ नगद हजार सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेलकाे दाेस्राे स्थान हासिल गर्ने टिमले २० हजार नगद सहित ट्रफि, म्याडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
माङसेबुङ खेलकुद विकास समितिलेकाे अायाेजनाा हुने महिला फुटबल प्रतियाेगिताबाट गाउँपालिकास्तरीय महिला फुटबल खेलाडी छनाैट समेत गरिने माङसेबुङ खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र खजुमले बताए । अन्तरवडा महिला फुटबल खेल सञ्चालन गरी गाउँपालिका स्तरीय खेलाडी छनौट गरी पबित्रहाङमा गोल्ड कपमा सहभागी गराइने बताएका छन् ।
माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा वार्षिक रुपमा सञ्चालन हुदै आएको छ । बुधबार देखी जारी प्रतियोगिता माङसेबुङ गाउँपालिका वडा नंं. २ को डोलटार खेलमैदानमा भइरहेको छ ।

