adv

इलाममा बन्दुकसहित २ जना पक्राउ

इलाम :

इलाममा बन्दुकसहित २ जना पक्राउ परेका छन्। इलामको माङसेवुङ गाउँपालिका–३ का २२ वर्षीय विशाल राई र ४१ बर्षीय शिवकुमार राईलाई भरुवा बन्दुकसहित पक्राउ गरीएको हो।

दुवैजनालाई गाउँमा शंकास्पद गतिविधिहरु गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरीको टोलीले माङसेबुङबाट २ थान भरुवा बन्दुक सहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १५० ग्राम बारुदसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

नयाँबुलन्दबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु