माङसेबुङ ।
माया र सस्कृती भित्रको द्वन्द्वमा आधारित लघु चलचित्र ‘मिम्जिए’ (साेल्टिनी) काे ट्रेलर सार्वजनिक भएकाे छ । अनिसहाङ लाओतीले निर्देशन गरेकाे उक्त लघुचलचित्र माङ्सेबुङ युथ सोसाइटिको निर्माणमा बनाइएको हाे । चलचित्रको ट्रेलर माङ्सेबुङ युटुब च्यानलमा सार्वजनिक गरिएकाे छ ।

लघु चलचित्रमा मुख्य कलाकार ” मिलन तामादेन” सुमि लाओती ” सन्जित फलाना” हाङ्सिङ चेम्जोङ ; युसा मगर ” खुसी थेगिम” खाम्बेक हाङ लाओती; प्रताप तामादेन” रितिक लिम्बू ; लछिमी लाओती, नुमा बोखिम रहेका छन । आदर्श लिम्बूकाे छायांकन रहेकाे चलचित्र तिलक रिजालले सम्पादन गरेका छन् भने श्रृङगारमा लक्षिमी लाओती रहेका छन् ।
चलचित्रकाे छायांकन माङ्सेबुङ गाउँपालिका वडा ५ र ३ को आसपास क्षेत्रमा गरिएकाे जनाएकाे छ । निर्देशन अनिश लाओतीले यसअघि आधा दर्जन म्युजिक भिडियोको निर्देशन गरिसकेका चन् भने केही म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् ।
७० मिनेट समयकाे निर्माण गरिएको मिम्जिए (सोल्टिनी) चलचित्रको बिमोचन माङ्सेबुङमा आयोजित मुहिङ्गुम अङ्सिमामाङ साम्बा पवित्रहाङ्मा लिङ्देन ६४ औ जन्मोत्सवको अवसरमा किरात धर्मगुरुको बाहुलीबाट बिमोचन गर्दै सोहिदिनदेखि प्रदर्शन गर्ने निर्देशक लाओतीले बताएका छन् ।

